जसपा वरिष्ठ नेता महतोद्धारा आफनो निर्वाचन क्षेत्रमा कोभिड नियन्त्रणका लागी ८० लाख सहयोग – Madhesh Update

जसपा वरिष्ठ नेता महतोद्धारा आफनो निर्वाचन क्षेत्रमा कोभिड नियन्त्रणका लागी ८० लाख सहयोग

   May 27, 2021  

जसपा वरिष्ठ नेता तथा संसदीय दलका नेता राजेन्द्र महतो द्वारा आफ्नो संसदीय कोषबाट ८० लाख रुपैया करोनाको महामारी लाई मध्य नजर गर्दै धनुषा जिल्लामा कोविड नियन्त्रण तथा अक्सिजन व्यवस्थापनको लागि प्रदान गरेका छन ।

यस अघि महतोले आफनो निर्वाचन क्षेत्र, धनुषा निर्वाचन क्षेत्र नं-३ मा पर्ने मिथिला आयुर्वेदिक रिसर्च सेन्टर,गंगुलीमा अस्थायी १५ सैयाको कोभिड अस्पताल संचालन गर्न रू २० लाख नगराईन नगरपालिका कोषमा दिएका थिए । अक्सिजनको अभावले कसैको अकालमै ज्यान गुमाउनु नपरोस् भन्दै जनकपुरधाम उपमहानगरपालिकालाई अक्सिजन खरिद गरी क्लोथ बैंक द्वारा संचालित अक्सिजन बैंक लाई हस्तान्तरण गर्न पनि महतोले १० लाख दिएको थियो ।

साथै जनकपुरधाम उपमहानगरपालिकामा कोविड १९ को जोखिम बढिरहेकोले कोविड-१९ रोकथाम तथा नियन्त्रणको लागि जनकपुरधाम उपमहानगरपालिका द्वारा संचालित जोखिम न्युनीकरण तथा विपद व्यवस्थापन कोषमा रु ५० लाख दिएको हो ।