नागरिकता विद्येयक विरुद्धको प्रर्दशन प्रभावकारी बनाउन जसपा अध्यक्ष महन्थ ठाकुरको निर्देशन – Madhesh Update

नागरिकता विद्येयक विरुद्धको प्रर्दशन प्रभावकारी बनाउन जसपा अध्यक्ष महन्थ ठाकुरको निर्देशन

   June 28, 2020  

जसपा नेपालका अध्यक्ष महन्थ ठाकुरले पार्टीका केन्द्रिय नेताहरुलाई प्रशक्षिण दिदै १६ असारको प्रर्दशन प्रभावकारी बनाउन निर्देशन दिएको छ । पार्टी कार्यलयमा काठमाडौमा उपलब्ध केन्द्रिय नेताहरुलाई आइतवार निर्देशन दिदै ठाकुरले नागरिक विद्येयक कुनै पनि शर्तमा स्विकार गर्न नसकिने भन्दै सरकार नसच्चिए आन्दोलनमा जाने चेतावनी समेत दिए। सरकारले ल्याएको नागरिकता विद्येयकको विरुद्धमा जसपाले १६ असारमा काठमाडौ सहित ७७ ओटै जिल्लामा विरोध प्रर्दशन गर्न लागेका छन । काठमाडौको विरोध प्रर्दशनलाई जसपाका केनिद्य्य नेताहरुले सम्बोधन गर्ने छन ।

नेकपाको बहुमतको आडमा राज्य व्यवस्था समितिले नागरिकता विद्येयक अगाडीवढाए पछि तराई मधेशका जिल्लाहरुमा त्यसको विरोध भइरहेको छ । विद्येयक प्रतिनिधीसभामा पेशभए पछि जसपा र नेपाली काग्रेसका स्थानिय नेताहरु जिल्लाहरुमा हरेक दिन छुटा छुटै प्रर्दशनहरु गरिरहेका छन ।

जसपा अध्यक्ष ठाकुरले पार्टीका केन्द्रिय नेताहरुलाई नागरिक विद्येयक विरुद्धको प्रर्दशनवारेमा सल्लह समेत लिएका थिए । शनिवार जसपाका शिर्ष नेताहरु आदीवासी, जनजाती सहित बुद्धजिवीहरु संग काठमाडौमा नागरिकता विद्येयक विरुद्धको आन्दोलन वारेमा छलफल गरेका थिए ।