जसपा अध्यक्ष ठाकुरद्धारा अर्का अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता बाबुरामलाई पार्टीबाट निश्काषन गर्ने चेतावनी – Madhesh Update

जसपा अध्यक्ष ठाकुरद्धारा अर्का अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता बाबुरामलाई पार्टीबाट निश्काषन गर्ने चेतावनी

   May 27, 2021  

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरले पार्टीका अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता बाबुराम भटराईलाई पार्टीलाई निष्काशन गर्ने तयारीमा आफु रहेको खुलाएका छन । वुधवार राती एउटा टेलिभिजन कार्यक्रमलाई अन्र्तवार्ता दिदै ठाकुरले चाडै नै उक्त निर्णय हुन सक्ने पनि खुलाए । मंगलवार मात्रै ठाकुरmे अर्का अध्यक्ष यादवसंग स्पष्टिकरण सोधेका थिए ।
पछिल्लो समयमा जसपा भित्र दुुई धार देखिएको र दुवै पक्षले एक अर्कालाई स्पष्टिकरण सोध्ने र कारवाही गर्ने चेतापनी दिएका छन ।

पार्टी भित्र दुवै पक्षले आफुुसंग बहुमत रहेको दावी पछिल्लो समयमा गर्दै आएका छन । आफनो मागहरु सम्बोधन हुन थाले पछि ठाकुर महतो पक्ष सरकारमै जाने तयारी गरेको छ । र, यसको लागि ठाकुर पक्षले यादव पक्षका कार्यकारिणी सदस्यहरुलाई आफूतिर तान्ने प्रयास पनि गरेको थियो । यसको लागि ठाकुर आँफैले अशोक राईसँग छलफल गरेको बुझिएको छ ।

ठाकुरले पार्टीको नीति, विधानविपरित यादव पक्षले काम गरेकोले अब धेरै सहन नसकिने बरु तत्कालै कारबाही प्रक्रिया अघि बढाउने जनाएका छन् । उनले उपेन्द्र, बाबुराम भट्टराईलगायत १२ जना सांसदलाई नै कारबाही गर्ने संकेत गरेका छन् । संसदीय दलमा ठाकुर महतोको प्रष्ट बहुमत देखिएको छ ।

भिडियो