जसपामा दोहरो स्पष्टिकरण – Madhesh Update

जसपामा दोहरो स्पष्टिकरण

   May 26, 2021  

दुुई धारमा बाडिएको जनता समाजवादी पार्टी, नेपालमा दुवै पक्षले एक अर्कालाई स्पष्टिकरण पत्र पठाएको सार्वजनिक भएको छ । यस अघि दुवै पक्षले एक अर्कालाई पार्टी निर्णय विपरित काम गरेको भन्दै स्पष्टिकरण सोध्ने निर्णय गरेको थियो । सता-समिकरण र मधेश आन्द्यालनका मुद्धा सम्बोधनमा दुुई धार देखिए पछि जसपा विभाजनको वाटोमा अघि वढेको छ ।

अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो आफनो एजेन्डा सम्बोधन गर्ने शर्तमा प्रधानमन्त्री केपी आलीको साथ उभिए पछि अर्का अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता बाबुराम भटराई त्यसको विपक्षमा उभिएका छन । यादव र भटराईले ओलीको वहिगर्मनका लागी जसपा उभिने पर्ने तर्क गर्ने गरेका छन । ठाकुर र महतोले मधेशको मुुद्धाका लागी सबै प्रमुख दलहरुको दृष्टिकोण समान भएको भन्दै आफुहरुको महत्व वढेको वेला मुद्धा सम्बोधनमा ध्यान दिनुपर्ने अडान लिएका छन ।

ठाकुर र महतोको प्रधानमन्त्रीसंग भएको संवादकै आधारमा पछिल्लो समयमा मधेश आन्द्योलनताका डेढ सय वढी मुद्धाहरु फिर्ता भएको भने सरकारले नागरिता अध्यादेश ल्याएको छ । संविधान संशोधनका लागी सरकार र जसपाको सहभागीता कार्यद्यल बनेको छ ।

ठाकुर र महतोले एजेन्डाहरु सम्बोधन हुन थाले पछि प्रधानमन्त्री ओलीसग सता सहयात्राको समेत सम्भावना रहेको वताउन थालेका छन भने यादव र भटराई पक्ष काग्रेस, माओवादी सहिको विपक्षी गठवन्धनमा उभिएका छन ।

यसरी दुुई धारमा किताकाट भए पछि जसपाका शिर्ष नेताहरु आफुु अधिकारिता रहेको देखाउनका लागी एक अर्कालाई स्पष्टिकरण सोधेका छन ।

अध्यक्ष ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादवलाई स्पष्टिकरण सोधेको पत्र समाजिक सन्जलमा सार्वजनिक भए लगत्तै यादव पक्षको तर्फवाट पनि ठाकुर सहित वरिष्ट नेता महतो, नेताद्धय लक्ष्मणलाल कर्ण र सवेन्द्रनाथ सुक्लालाई स्पष्टिकरण सोधिएको पत्र सार्वजनिक भएको छ ।

दुुवै पक्षले स्पष्टिकरणको चितवुुझदो जवाफ नदिए पार्टीवाट निष्काशन गर्ने चेतावनी दिएको छ ।