जसपा नेपालमा दोहरो स्पष्टीकरण, दुवै पक्षद्धारा एक अर्कालाई कारवाही गर्ने चेतावनी – Madhesh Update

जसपा नेपालमा दोहरो स्पष्टीकरण, दुवै पक्षद्धारा एक अर्कालाई कारवाही गर्ने चेतावनी

   May 23, 2021  

दुुई धारमा विभाजित हुन पुुगेको जसपा नेपालमा दुुवै पक्षले एक अर्कालाई कारवाही गर्ने प्रक्रिया अगाडी वढाएका छन । जसका लागी अध्यक्ष महन्थ ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादवलाई स्पष्टीकरण सोधेका छन । ठाकुरले यादवलाई स्पष्टीकरण सोध्दै काग्रेस माओवादी गठवन्ध्नमा किन सहभागी भएको र स्थगीत् गरिसकेको बैठब कोराना महामारीको वेला वाहिर गोप्य रुपमा किन गरेको भन्दै प्रश्न सोधेका छन ।

ठाकुरले आइतवार नै निर्वाचन आयोगलाई समेत एक पत्र पठाउदै यादव पक्षको पार्टी बैठक वैद्यानिक नभएको भन्दै आफुहलाई मान्य नहुुने जानकारी पनि गराएका छन ।

यादव र भटराई पक्षले शनिवार आफनो पक्षको कार्यकारणी समितिको बैठक गरेर ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, नेताहरु लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ सुक्लालाई स्पष्टीकरण सोध्ने निर्णय गरेका थिए । यादव पक्षले आइतवार विज्ञप्ती निकालेर बैठकले वर्तमान सरकारमा पार्टीको कुनै पनि सदस्य सहभागी भए तत्कालै वाट पार्टीवाट निलम्बित हुने समेत जानकारी गराएका छन ।