जसपा नेपालको आन्तरिक विवाद समाधान उन्मुख – Madhesh Update

जसपा नेपालको आन्तरिक विवाद समाधान उन्मुख

   May 18, 2021  

पछिल्लो समयमा दुुई धुव्रमा ध्रवीकृत हुन पुुगेका जनता समाजवादी पार्टी नेपालका अध्यक्षद्धय महन्थ ठाकुर र उपेन्द्र यादवले पार्टी एकिकृत भएर अगाडी वढने स्पष्ट पारेका छन । अध्यक्षद्धयले मंगलवार ८ वुदे प्रेस विज्ञप्ती निकालेर पार्टीमा देखिएको समस्याहरु आन्तरिक छलफल र संवादको मार्फत टुुग्याउदै लैजाने पनि प्रष्टयाएका छन ।

प्रतिनिधीसभा पुर्नस्थापना पछि सता समिकरणको सवामा दुुई धुव्रमा विभाजित हुन पुुगेका जसपा भित्र पछिल्लो समयमा शिर्ष तहमा आरोप-प्रत्यारोपहरु सार्वजनिक हुन थालेका थिए ।

पार्टी विभाजनको डिलमा पुुगेको भनिए पनि शिर्ष तहमा पछिल्लो तीन दिन यता भएको लगातार संवद पछि जसपाको आन्तरिक विवाद समाधान उन्मुख भएको हो । अध्यक्ष ठाकुर र यादवले ८ वुदे विज्ञप्ती निकाले पछी जसपाले आउदो ८ र ९ गतेका लागी कार्यकारणी समिति बठक बोलाएको छ ।

आइतवार र सोमवार अध्यक्ष ठाकुर र यादवको विचमा पार्टी समस्या वारेमा छलफल भएका थिए भने वरिष्ठ नेता राजेन्द्र महतो, वावुराम भटराई र अशोक राईको विचमा पनि सोमवार छलफल भएको थियो । पार्टीका पदाधिकारीहरुको विचमा अनौपचारिक संवाद भए पछि जसपामा पछिल्लो समयमा देखिएको विवाद समाधान तर्फ अघि वढेको नेताहरुले बताएक छन ।

यद्यपी मंगलवार नै अध्यक्ष ठाकुरले जसपाको संसदीय दलको नेतामा वरिष्ठ नेता राजेन्द्र महतो चयन भएको जानकारी गराए पछि अर्का अध्यक्ष यादवले त्यस प्रति आपत्ति जनाएका छन । यद्यपी यो विषयमा पनि कार्यकारणी बैठकमै छलफल हुने नेताहरुले बताएका छन । ठाकुरले गत ३० गते जसपाका बहुमत सासंदहरुको बैठकले महतोलाई दलको नेतामा चयन गरेको जनाएको छ ।