जनकपुरमा अक्सिजन उद्योग संचालन हुँदै – Madhesh Update

जनकपुरमा अक्सिजन उद्योग संचालन हुँदै

   May 17, 2021  

कोरोना महामारीमा अक्सिजन अभावले विरामीको मृत्यु भइरहेको बेला जनकपुरघाममा अक्सिजन उद्योग सञ्चालनमा आृन लागेको छ । उपमहानगरपालिकाको २३ नम्बर वडा विन्दही स्थित बेलामा रहेको श्रीराम जानकी ग्यास उद्योगले २ साताभित्रै अक्सिजन उत्पादन गर्ने लागेको जनाएको छ ।

उद्योग सञ्चालक विजयकुमार साहका अनुसार अक्सिजन उत्पादनका लागि सो उद्योगमा अहिले मेसिन जडान गर्ने कार्य भइरहेको छ । मेसिन जडान गर्ने कार्य ७५ प्रतिशत पूरा भइसकेको तथा पाइपलाइन जडान गर्ने कार्य सम्पन्न भएलगत्तै अक्सिजन उत्पादन गरिने उनले जानकारी दिए।

साहले पछिल्लो वर्ष अप्रिल महिनामा अक्सिजन उत्पादन गर्ने मेसिन ल्याउने योजना भएपनि कोरोना महामारीकै कारण ल्याउन नसकिएको बताए।

अक्सिजन उत्पादन गर्ने सबै मेसिन जडान भइसकेको र अक्सिजन फिलिङ गर्ने पाइपलाइनको काम सम्पन्न हुन अझै १० दिन लाग्ने पुरुषोत्तम शर्माले बताए।

उनी भारतको जयनगरबाट आएर अहिले काम गरिरहेका छन्। अक्सिजन उत्पादन गर्न आवश्यक रहेको एयर कम्प्रेसर, मोइस्चर सेप्रेसन, एयर फिल्टर, कार्बन फिल्टर, अमोनिया फिल्टर, एयर सेप्रेसन युनिट, फिलिङ युनिटलगायत यन्त्र जडान भइसकेको छ।

श्रीरामजानकी ग्यास उद्योगका सञ्चालक साहले मेसिन जडान भइसकेपछि २४ घण्टामा ५ सयसम्म ठूलो अक्सिजन सिलिन्डर फिल गर्ने क्षमता रहेको बताए।

उनले तत्काल २ सय सिलिन्डर अक्सिजन फिलिङ गर्न सके पनि आफूहरूका लागि सफलता हुने बताए।

आइतवार मात्रै प्रदेश दुुईका सरकारले ढल्केवर स्थित अक्सिजन प्लान्टको निरिक्ष्ण गर्दै तथ्काल सुचारु गर्ने पहल थालेको बताएका थिए । कोराना संक्रमण तीव्ररुपमा वढन थाले पछि पछिल्लो केहि समय यता अक्सिजन को अभाव देखिन थालेका छन ।