नारायणीमा अक्सिजन प्लान्ट सञ्चालनका लागि विरगंजका मेयर सरावगीले गरे अपिल
वीरगंज महानगरका मेयर विजयकुमार सरावगीले वीरगंजस्थित नारायणी अस्पतालमा दैनिक ३ सय सिलिन्डर अक्सिनज ग्यास उत्पादन गर्ने २ करोडको अक्सिजन प्लान्टको लागि वीरगंज तथा देशविदेशका नेपालीसंग सहयोग अपिल गरेका छन्। आफ्नो फेसबुकमार्फत दुई दिन अघि उनले यस्तो अपिल गरेका हुन्।
कोरोना महामारीको दोस्रो लहरले वीरगंज तथा प्रदेश २ का जिल्लाको अवस्था बिग्रिँदै गएपछि र अक्सिजनको अभावमा कतिपय विरामीले ज्यानु गुमाउन थालेपछि उनले आर्थिक नगरी वीरगंजका उद्योगी व्यवसायी तथा अन्य दातासँग सक्दो सहयोग गर्न अपिल गरेका छन्।
पोहोर पनि नारायणी अस्पतालमा पीसीआर मेसिन खरिद गर्न अपिल गर्दा वीरगजका उद्योगी व्यवसायीले सहयोग गरेको १ करोडमा पीसीआर मेशिन तथा अन्य स्वास्थ्य सामग्री खरिद गर्न मेयर सरावगीले जोहो गरेका थिए।
यसपालि पनि सहयोग संकलन गरेर नारायणी अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गरी कोरोना संक्रमितको ज्यान जोगाउने उनको लक्ष्य छ।
आइतवारदेखि सहयोग पनि जुटन थालेको उनले बताए। वीरगंजको इन्फोटेक कलेजले ५१ हजार र वीरगंजको निरज ज्वलेर्सले २५ हजार सहयोग प्रदान गरेको उनले समाजिक सञ्जाल मार्फत जानकारी गराएका छन्।