मुख्यमन्त्रीद्वारा युएन एजेन्सीहरु संग सहयोगको याचना – Madhesh Update

मुख्यमन्त्रीद्वारा युएन एजेन्सीहरु संग सहयोगको याचना

   May 17, 2021  

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले कोरोना महामारी नियन्त्रणका लागि आवश्यक सहयोग गरिदिन प्रदेशस्थित राष्ट्र सङ्घीय निकाय (युएन एजेन्सी) लाई अपिल गर्रेका छन । प्रदेश नीति तथा योजना आयोगको संयोजनमा जनकपुरधामस्थित मुख्यमन्त्री निवास मधेश भवनमा सोमवार भएको युएन एजेन्सीसँगको छलफलमा राउतले महामारी नियन्त्रणका लागि अतिआवश्यक देखिएको भेन्टिलेटर, अक्सिजन ग्यासको आपूर्ति, औषधि, जनशक्ति र भ्याक्सिन उपलब्ध गराइदिन अपिल गरेका हुन ।

युएन एजेन्सिजले मुलुकलाई गर्दै आएको सहयोग प्रदेश दुुईमा खासै नपुगेको गुनासो गर्दै मुख्यमन्त्री राउतले युएन एजेन्सीहरुबाट आउने सहयोग प्रदेश दुुई सम्म ल्याउनका लागि पहल गर्न समेत प्रदेश स्थित प्रतिनिधिहरुलाई आग्रह गरेका छन । युएन एजेन्सीजले हालसम्म महामारी नियन्त्रणमा गर्दै आएको सहयोगका लागि धन्यवाद दिँदै मुख्यमन्त्री राउतले अगामी दिनमा समेत सहयोगको अपेक्षा समेत राखेका थिए ।

छलफलमा समाजिक विकासमन्त्री नवलकिशोर साह, मुख्यन्यायाधिवक्ता दीपेन्द्र झा, नीति तथा योजना आयोगका उपाध्यक्ष डा भोगेन्द्र झा, युएनडिपीका धनबहादुर चन्द, युएनडिएसएसका जितेन्द्रजङ्ग कार्की, डब्लुएचओका डा सुरेशकुमार शुक्ला, आइओएमका पङ्कजलाल सिंह, युनिसेफका अशोककुमार झा र युएनएफपिएका नरेन्द्र मिश्रको सहभागिता रहेको थियो ।