जसपा शिर्ष नेताहरु दिनभर दौडधुपमा व्यस्त – Madhesh Update

जसपा शिर्ष नेताहरु दिनभर दौडधुपमा व्यस्त

   May 12, 2021  

राष्टपतिले बहुमतको सरकार बनाउन आब्हान गरेको समयसिमा भोली सकिने हुुदा नेताहरुको दौडधुप बाक्लिएको छ । सता समिकरणमा निर्णय देखिएको जसपा दुुई धारमा देखिएको वेला शिर्ष नेताहरुको दौडधुुप पनि तीव्र देखिएका छन । वुुधवार विहानै देखि जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र पक्ष तथा अर्का अध्यक्ष उपेन्द्र यादव र अर्का वरिष्ठ नेता बबुराम भटराई पनि दिनभर बैठक, आन्तरिक छलफल जस्ता दौडधुपमा व्यस्त देखिएका छन ।

ठाकुर महतो पक्ष एजेन्डा सम्बोधन नभए सम्म सता समिकरणमा नजाजे र वर्तमान प्रधानमन्त्री केपी ओलीले नै सुरु गरेको मुद्धा फिर्ता लगायतका कामहरुलाई निरन्तरता दिन चाहेका छन भने यादव र भटराई वर्तमान प्रम ओलीलाई विस्थापित गरेर काग्रेस माओवादी संग् मिलेर नयां सरकार बनाउन चाहेका छन ।

दुुई धारमा विभक्त भएका जसपा फुटने आकंलन चलीरह्दा शिर्ष तहमा मध्यमार्गी धारको पनि खोजी चलीरहेको नेताहले बताएका छन ।

वुधवार विहानै ठाकुर र महतो प्रधानमन्त्री ओली संग वालुवाटार पुुगेर छलफल गरेका थिए भने त्यस पछि राष्टपति निवास पुुगेर उनीसंग जसपाको अधिकारिता वारेमा जानकारी गराएका थिए ।

राष्टपतिसंग भेटेर पार्टी कार्यलय वालकुुमारी पुुगेका ठाकुर र महतो वरिष्ठ नेता भटराई सग केहि समय छलफल गरेको बताइएको छ । भटराईसंगको छलफल पछि पार्टीका शिर्ष पाच नेताहरु केहि समय अनौपचारिक रुपमा बैठक गरेका थिए । यद्यपी अनौपचारिक भनिएको बैठकले पनि जसपाको एउटा धार निर्माढा हुन सकेको छैन । नेताहरुले भोली पुन बस्ने पार्टीको धारणा बनाउने बताएका छन ।

प्रधानमन्त्रीको विश्वासको मतमत गत सोमवार दुुई धारमा जसपा प्रगट भए पछि शिर्ष तहमा संवाद मेत भएको थिएन । सोमवार नै उपेन्द्र यादवले काग्रेस माओवादी संग मिलेर नयां सरकार बनाउन सार्वजनिक अपिल गरे पछि ठाकुर पक्ष पनि आक्रमक देखिएका थिए । सोमवार अवेर राती ठाकुरले विज्ञप्ती निकालेर जसपा वैकल्पिक सरकार निर्माणको पक्षमा नरहेको बताएका थिए । त्यस पछि ठाकुुरले यादवको विज्ञप्ती पार्टीको अधिकारिक धारणा नभएको समेत जानकारी गराएका थिए ।