महन्थ ठाकुरद्धारा राष्टपतिलाई पत्राचार – उपेन्द्र यादवको व्यक्तिगत निर्णय जसपाको अधिकारिक होईन – Madhesh Update

महन्थ ठाकुरद्धारा राष्टपतिलाई पत्राचार – उपेन्द्र यादवको व्यक्तिगत निर्णय जसपाको अधिकारिक होईन

   May 11, 2021  

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरले राष्टपति विद्यादृवी भण्डारीलाई मगलवार एक पत्र पठाउदै नयां सतासमिकरणवारेमा आफनो नेतृत्वको पार्टीले कुनै निर्णय नगरेको जानकारी गराएका छन । सोमवार मात्रै जसपाका नेता उपेन्द यादवले काग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसंग संयुक्त हस्ताक्षर गरेर नयां सरकार गठनको वारेमा बोलेका थिए ।

त्यस पछि राष्टपति भण्डारीले आउदो ३० गते सम्ममा दुुई वा दुुई भन्द्या वढी दललाई बहुमत सहित नयां सरकार बनाउन आब्हान गरेको छ । राष्टपतिले नयां सरकारको वारेमा आब्हान गरे लगत्तै ठाकुरले जसपा बैकल्पिक सरकार बनाउने पक्षमा नरहेको बताएका थिए ।

त्यस पछि मंगलवार उनले राष्टपलिाई समेत त्यसको औपचारिक जानकारी गराएका छन । ठाकुुरले यादवको सोमवारको विज्ञप्ती व्यक्तिगत रुपमा भएको जानकारी गराउदै जसपाको सरकार सम्बन्धमा कुनै निर्णय नरहेको प्रष्टाएका छन ।

ठाकुरले आफुहरुले मधेश तथा थह्रहट आन्दोलनको वेला उठाएको एजेन्डाहरु प्रमुख दलहरुले सम्बोधन नगर्ने गरेकाले सता समिकरणमा सहभागी नहुने अडान लिएका छन ।

ठाकुरले र उनको पक्षका जसपाका सासदहरुले सोमवार प्रतिनिधीसभामा भएको प्रधानमन्त्रीको विश्वासको मत विभाजनमा पनि तटस्त बसेका थिए ।