उपेन्द्र यादव माथी कारवाहीको संकेत – Madhesh Update

उपेन्द्र यादव माथी कारवाहीको संकेत

   May 11, 2021  

पार्टीको विना कुनै निर्णय नयां सता समिकरणमा सामेल हुन अघि वढे पछि जनता समाजवादी पार्टीका एक जना अध्यक्ष उपेन्द्र यादव माथी कारवाही हुन सक्ने देखिएको छ । जसपा नेपालका अध्यक्ष महन्थ ठाकुरले एक विज्ञप्ती जारी गरेर जसपा कुनै सता समिकरणमा सामेल नहने प्रष्टाएका छन । ठाकुरले विज्ञप्ती निकाल्नु भन्दा केहि घन्टा अघि उपेन्द्र यादव काग्रेस सभापति शेरबहादुर देउवा र मओवादी केन्द्रका अध्यक्ष प्रचण्डसंग मिलेर नयां सरकार वनाउन राष्टिपति समकक्ष अपिल गरेका थिए ।

जसपाका वरिष्ठ नेता राजेन्द्र महतोले जसपाले नयां सता समिकरणको सन्दर्भमा कुनै निर्णय नगरेको भन्दै अध्यक्ष यादवले गलत गरेको बताए । यसवारेमा पार्टीमा गम्भिर छलफल हुन्छ, महतोले भने, जसपा भनेको कुनै व्यक्ति होईन, यो सिमान्तकृत समुुदायको एजेन्डा वेस पार्टी हो ।

महतोले यादवले काग्रेस र माओवादी केन्द्र संग मिलेर अघि वढेको जिषयमा पार्टी भित्र छलफल गरेर त्यसको सन्दर्भमा उचित निर्णय लिने पनि बताए ।

महतोले आफुह्रुले काग्रेस सभापति देउवालाई समेत जसपाले कुनै निर्णय नगरेको जानकारी गराइसकेको भन्दै यसको जानकारी राष्टिपतिलाई पनि गराउने बताए ।