प्रधानमन्त्रीको विश्वासको मतमा जसपा दुुई धार – Madhesh Update

प्रधानमन्त्रीको विश्वासको मतमा जसपा दुुई धार

   May 10, 2021  

प्रधानमन्त्री केपी ओलले सोमवार प्रतिनिधीसभामा लिएको विश्वासको पक्षमा जनता समाजवादी पार्टी, नेपाल दुुई खेमा विभाजित भए मत दिएका छन । प्रतिनिधीसभा पुर्नस्थापना पछि राष्टिय राजनिती वारेमा दुुई धारमा देखिएको जसपा प्रम ओलीको विश्वासको मतमा पनि दुुई धार देखिएका छन ।

अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवले अलग अलग निर्णयमा पुुग्दा जसपा भित्र दुुई खेमा प्रष्ट रुपमा देखिएका छन । अध्यक्ष ठाकुर वरिष्ठ नेता राजेन्द्र महतो सहितको समुुहले प्रम ओलीको विश्वासको मत सन्दर्भमा तटस्थ बसेका छन भने अकौ अध्यक्ष उपेन्द्र यादव र वावुराम भटराई विपक्षमा मतदान गरेका छन ।

दुवै पक्षमा १५/१५ मत रहेको आज संसदमा भएको प्रमको विश्वासको मतमा देख्एिका छन । यद्यपी अनुपस्थित दुुई सासद ठाकुर पक्षका छन । कोराना संक्रमणका कारण लक्ष्मणलाल कर्ण र नुर सहवाज आज प्रतिनिधीसभामा अनुपस्थित रहेका थिए । यी दुवै सासदहरु जसपा भित्र ठाकुर पक्षका छन ।