विभेदको जड यो संविधान -महन्थ ठाकुर
जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरले मधेशी, थारु, जनजाती सहित अन्य सिमान्तकृत समुदाय माथीको विभेदको जड वर्तमान संविधान भएको जिकिर गरेका छन । सोमवार प्रतिनिधीसभा बैठकमा प्रधानमन्त्री केपी ओलीलाई विश्वासको मत लिने निर्वाचन प्रक्रिया अगाडी सम्बोधन गर्दै ठाकुरले लोकतान्त्रिक गणतन्त्र आए पनि मधेशी सहित सिमन्तकृत समुदाय शासित भएर बस्नु परेको बताए । उनले भने, आज रेशम चौधरी याहा किन उपस्थ्ति छैन ?
प्रधानमन्त्री ओलीले विश्वासको मत लिने सन्दर्भमा दुुई धार देखिएको जसपा भित्र ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो आफुहरुको एजेन्डा सम्बोधन नभए सम्म कुनै पनि सता समिकरणमा नफस्ने बताउदै कुनै प्रमुख दलहर सग नजाने निर्णय गरेका थिए । ठाकुरले सोमवार प्रतिनिधीसभामा सम्बोधन गर्ने क्रमको सुुरुमै त्यसको जानकारी गराउदै आफुुहरुको समस्याहरु वारेमा काग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमालेका अध्यक्ष केपी आलीले पनि सहि भन्ने गरेको तर अहिले सम्म कसैले सम्बोधन नगरेको आरोप लगाए । ठाकुरले आफुहरुको माग सम्बोधन नगरे सम्म आफुु सताको गाटी मात्रै अव नबन्ने पनि दावी गरे । उनले त्यही भएर प्रधानमन्त्री ओली मात्रै हाईन कि काग्रेस माओवाद्यी गठबन्धन संग पनि नजाने आफनो निर्णय सुनाए ।
उनले रेशम चौधरी सहित प्रदेश सरकारका कतिपय मन्त्रीहरु मुद्धा झेलीरहेको र मेयर उपमेयरहरुले मुद्धाको तारिख खेपीरहेको प्रसंग निकाल्दै यो सबै समस्याको जड वर्तमान संविधान भएको जिकिर गरे । उनले यो संविधान बनाउदा आफुह्रुलाई वेवास्ता गरेको भन्दै अहिले सबै तिरवाट यो संविधान समस्या रहेको सुन्न थालेको बताए ।