प्रादेशिक अस्पताल जनकपुरमा थप भेन्टिलेटर जडान हुँदै – Madhesh Update

प्रादेशिक अस्पताल जनकपुरमा थप भेन्टिलेटर जडान हुँदै

   May 7, 2021  

प्रादेशिक अस्पताल जनकपुरधाममा कोरोना उपचारका लागी थप भेन्टिलेटरमा जडान हुने भएको छ । प्रदेशका मुुख्यमन्त्रीले भेन्टिलेटरको समस्या देखिए पछि उक्त काम अगाडी वढाएका उनको सचिवालयले जनाएको छ ।

बिरामीलाई उपचारका क्रममा भेन्टिलेटरमा समस्या आई सेवा प्रभवित भएकामा भेन्टिलेटरमा देखिएको समस्या समाधान गरिएको जनाइएको छ । त्यस्तै अस्पतालको सो कक्षमा आज थप आठ भेन्टिलेटर जडान गर्ने कार्यलाई अगाडि बढाइएको सचिवालयद्वारा जानकारी दिइएको छ ।

प्रदेश दुुईम पनि पछिल्लो समयमा कोराना संक्रमको दर तीव्र रहेको वेला प्रदेश सरकारले केहि काम नगरेको गुुनासाहरु सुन्न थालिएको थियो ।

आज मात्रै प्रदेश दुुईको धनुुषमा १०६, पर्सामा १३०, वारामा ३६, महोत्तरीमा ४०, रौतहटमा ५४, सप्तरीमा १६, सर्लाहीमा २६ र सिरहामा २५ जना नयां कोराना संक्रिमित देखिएका छन ।