रेल्वे अध्यादेश जारी, जनकपुर-जयनगर रेल अव संचालनमा आउन सक्ने – Madhesh Update

रेल्वे अध्यादेश जारी, जनकपुर-जयनगर रेल अव संचालनमा आउन सक्ने

   May 5, 2021  

राष्ट्रपति विद्यादेवी भण्डारीले वुुधवार रेलवे अध्यादेश, २०७८ जारी गरेकी छिन । यो अध्यादेश आए सगै जनकपुर-जयनगर रेल सेवा संचालनमा आउन सक्ने आकंलन गरिएको छ । यद्यपी पछिल्लो समयमा कोभिड पुन तीव्र रुपमा फैलिरहेको छ । यसले के कस्तो असर पर्छ त्यो अहिले नै भन्न सकिन्न । रेल संचालनको सम्पुर्ण तयारी भए पनि कानुनी अवरोधका कारण जनकपुर -जयनगर रेल सेवा संचालनमा ल्याउन सकिएको थिएन ।

गत असोजमा भारतबाट ल्याइएको दुई रेल सेट जनकपुरको इनर्वा स्टेसनमा सशस्त्र प्रहरीको बेसक्याम्पअघि पालले छोपेर राखिएको छ । भारत सरकारबाट निर्माण भएका संरचना पनि अझै हस्तान्तरण भएका छैनन् ।

जयनगर–जनकपुर–कुर्था खण्डको ३५ किमि दूरीमा चल्ने गरी रेल ल्याइ सकिएको छ ।

तयारी पूरा भए गत पुस अन्तिमसम्म रेल सञ्चालनमा ल्याइने कम्पनीको भनाइ थियो । रेल्वे कम्पनीका महाप्रवन्धक गुरु प्रसाद भट्टराईका अनुसार रेल्वे संचालनका लागि अन्य सम्पुर्ण प्राविधिक तयार पुरा भइसकेको यस अघि नै बताएका थिए । उनका अनुसार रेलका लागि १ सय ७५ जना नेपाली र २६ जना भारतीय कर्मचारी हुनेछ ।

भारतले बनाएका संरचना हस्तान्तरणमा पनि समस्या नरहेको उनको दाबी छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत ४० जना निजामती कर्मचारी काजमा ल्याउने तयारी छ ।

साथै रेलवे कम्पनीमा पहिला काम गरी अवकाश पाएका र अस्थायी रूपमा काम गरी छाडेका ६० जना कर्मचारीलाई पनि दैनिक ज्यालादारीमा राख्ने तयारी छ । अहिले कम्पनीमा भने १२ जना कर्मचारी मात्र कार्यरत छन् । कार्यालय सहयोगी, स्विपरलगायत कर्मचारी स्थानीयस्तरबाटै लिइने भट्टराईले जानकारी दिए ।

भारतको कोंकण रेलवे कर्पोरेसन लिमिटेडलाई नेपाल सरकारले ८४ करोड ६५ लाख रुपैयाँ दिएर रेल सेट निर्माण गर्न लगाएको हो । उक्त रकमको ५ प्रतिशत धरौटीका रूपमा राखिएको छ । अन्य रकम भने भुक्तानी गरिसकिएको छ । रेल नचलाउँदासम्म कोंकणकै प्राविधिकले प्राविधिक जाँचको काम हेरिरहेका छन् ।