प्रदेश दुुईका सबै जिल्लामा निषेधाज्ञा – Madhesh Update

प्रदेश दुुईका सबै जिल्लामा निषेधाज्ञा

   May 5, 2021  

कोभिड–१९ सङ्क्रमण बढे पछि देशको ५२ ओटा जिल्लामा निषेधआज्ञा जारुी गरिएको छ । यो संगै प्रदेश दुुईका सबै आठ ओटै जिल्लामा आशिंक र पुर्णगरि निषेधआज्ञा जारी गरिएको छ ।

प्रदेश दुुईको धनुुषा, महोतरी र पर्सामा पुर्ण निषेधआज्ञा यस अघि नै जारी गरिसकेको भए पनि आज देखि वाकी जिल्लाहरु मा वपन कतै आशिंक त कतै पुर्ण निषेत्रआज्ञा जारी गरिएको छ ।

गृहमन्त्रालयले पछिल्ले २४ घन्टामा म्याग्दी, मुगु, तनहुँ, बारा, सिरहा, र नवलपरासी पश्चिममा निषेधआज्ञा जारी गरेका छन । त्यसमध्य तनहुँ र म्याग्दीमा क्षेत्र तोकेर आंशिक आदेश जारी भएको छ । नवलपरासी पश्चिममा आज बिहानदेखि आदेश लागू भइसकेको छ भने म्याग्दी, मुगु र तनहुँमा आज राति १२ बजेदेखि लागू हुनेछ । बारा र सिरहामा बिहीबार बिहान ६ बजेदेखि लागू हुनेछ ।

सरकारले दिएको अधिकार प्रयोग गर्दै विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारीबाट निषेधाज्ञ जारी गरी कोभिड–१९ सङ्क्रमण रोकथामको प्रयास भइरहेको छ । अहिले बाँके, सुर्खेत, काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, कैलाली, पर्सा, दाङ, कञ्चनपुर, पाल्पा, चितवन, रुपन्देही, बाग्लुङ, बर्दिया, सल्यान, सुनसरी, दार्चुला, जाजरकोट, रुकुम पश्चिम, डडेलधुरा, झापा, मोरङ र गुल्मीमा निषेधाज्ञ लागू गरिएको छ ।

यस्तै प्यूठान, काभ्रेपलाञ्चोक, गोरखा, बाजुरा, उदयपुर, मकवानपुर, बझाङ, कालिकोट, स्याङजा, कपिलवस्तु, रामेछाप, ताप्लेजुङ र वैतडी, नुवाकोट, धनुषा, महोत्तरी, डोल्पा, डोटी, नवलपरासी पूर्व, दैलेख, अर्घाखाँची र रोल्पामा पनि आदेश कार्यान्वयनमा छ । त्यसमध्ये बाग्लुङ, दार्चुला, मोरङ, काभ्रेपलाञ्चोक, मकवानपुर, गोरखा, कालिकोट, स्याङ्जा, रामेछाप, ताप्लेजुङ, तनहुँ र म्याग्दी आंशिक निषेधाज्ञ छ ।