जसपाका शिर्ष नेताहरु तथा प्रधानमन्त्री विचमा भेट – Madhesh Update

जसपाका शिर्ष नेताहरु तथा प्रधानमन्त्री विचमा भेट

   May 4, 2021  

सोमवार साझ प्रधानमन्त्री केपी ओली र जसपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो सहित कार्यदल सदस्यहरु लक्ष्मणलाल कर्ण र सवेन्द्रनाथ सुक्लाको विचमा छलफल भएको छ । छलफलमा जसपका शिर्ष नेताहरुका साथै प्रधानमन्त्री ओली र कार्यद्यलमा प्रमको तर्फवाट रहेकाहरु सुभाष नेम्बाड, विष्णु पौडेल र राजन भटराई सहभागी थिए ।

सोमवार नै मन्त्रीपरिषद बैठक गरेर जसपाका माग अनुसार थप मुद्धा फिर्ता लिएका प्रम ओलीले त्यसको जानकारी दिनुको साथै कार्यदल स्तरमा भएको छलफल वारेमा ब्रिफिंग लिएका थिए । यो विचमा दुुवै पक्षको कार्यदल स्तरको बैठक पनि दुुइ पटक बसेको थियो ।

जसपा स्रोतका अनुसार कार्यदल स्तरमा भइरहेको संवादको वारेमा सोमवार साझ प्रधाामन्त्री र जसपाका शिर्ष नेताहरु छलफल गरेका थिए ।

आइतवार मात्रै प्रधानमन्त्रीले आउदो २७ गते विश्वासको मत लिने निर्णय गरेका छन । निर्णय लिएको भोली पल्टै जसपाका शिर्ष नेताहरु सग प्रधानमन्त्री भेटेका छन । भेटमा अरु क कस्तो छलफल भयो भन्ने खुलाइएको छैन ।