मधेश आन्दोलनका थप मुद्दाहरु फिर्ता – Madhesh Update

मधेश आन्दोलनका थप मुद्दाहरु फिर्ता

   May 4, 2021  

मधेश आन्दोलनका क्रममा लागेका मुद्दामध्ये थप ३ मुद्दा नेपाल सरकारले फिर्ता लिएको छ । सोमवार बसेको मन्त्रीपरिषद बैठकले मधेश आन्दोलनताका थप मुद्धाहरु फिर्ता भएको जानकारी जसपालाई सरकार पक्षले गराएको छ ।

यस अघि जसपाले माग गरेको २ सय ८ मुद्धा मध्ये १ सय २० मुद्धा सरकारले फिर्ता लिइसकेको छ । अव ३ थान मुद्धा मात्रै फिर्ता हुन बाकी रहेको जसपाले जनाएको छ ।

प्रतिनिधीसभा पुुर्नस्थापना पछि प्रधानमन्त्री र जसपा विच सुरु भएको संवादमा जसपाले मुद्धा फिर्ता, संविधान संशोधन, लाल आयोगको प्रतिवेदन सार्वजनिक सहितका माग अघि सारेका थिए ।

जसपाले यो पटक सार्वजनिक रुपमै सता समिकरणका लागी आफनो एजेन्डा सम्बोधन हुनुपर्ने अडान राखे पछि सरकार मुद्धा फिर्ताको काम कार्यन्वयनमा लगेको छ । प्रधानमन्त्री र जसपाले पाच सदस्यीय कार्यदल नै बनाएर कामहरु अगाडी वढाएका छन ।