लुम्बिनी प्रदेश सरकारमा जसपाका पदमुक्त भनिएका चारै जना पुन मन्त्री – Madhesh Update

लुम्बिनी प्रदेश सरकारमा जसपाका पदमुक्त भनिएका चारै जना पुन मन्त्री

   May 3, 2021  

जनता समाजवादी पार्टी, नेपालका चार जना सासंदहरु पुन लुम्बिनी प्रदेश सरकारमा मन्त्री भएका छन । सरकारमा सहभागी भएकै कारण उपेन्द्र यादव पक्षले कारवाही गरेको भनिए पनि उनीहरु आइतवार पुन मुख्यमनत्री भएका शंकर पोखरेल नेतृत्वको सरकारमा सहभागी भएका छन ।

संतोष पाण्डे र विजयवहादु लाल यादव आइतवार साझ नै मन्त्री पदका सपथ लिएका थिए भने सोमवार कल्पना पाण्डे र सुमन शर्मा सोमवार मन्त्री पदको सपथ लिएकी छिन । गत ६ गते लुम्बिनी प्रदेशमा काग्रेस माओवादी गठबन्धनले मुख्यमनत्ती विरुद्ध अविश्वास प्रस्ताव ल्याउदा यी जसपाका सासदहरुले हस्ताक्षर गरे पनि त्यही दिन पोखरेल नेतृत्वको सरकारमा मन्त्ती भएका थिए ।

जसपा पार्टीमा उक्त घटनाले तीव्र विवाद ल्याइरह्दा यी चार जसपाका नेताहरु पुन पोखरेल नेतृत्वको नयां सरकारमा सहभागी भएका छन । जसपाका नेताहरु उपेन्द्र यादव, बाबुराम भटराई पक्ष बैठक नै नगरिकन २६जना कार्यकारणी सदस्यहरुको हस्ताक्षर सहित प्रदेशसभामा कारवाहीका लागी निवेदन पेश गरेका थिए । उक्त निवेदन पछि सभामुखले उनीहरुलाई पदमुक्त गरेको सुचना जारी गरेका थिए । तर त्यसको जसपाकै अध्यक्ष महन्थ ठाकुरले फर्जी भएको भन्दै मान्य नभएको निवेदन प्रदेशसभा र निर्वाचन आयोगमा पेश गरेका थिए ।