महोत्तरी सदरमुकाम जलेश्वर स्थित जलेश्वरनाथ मन्दिरलाई भोग लगाउने खर्चको अभाव – Madhesh Update

महोत्तरी सदरमुकाम जलेश्वर स्थित जलेश्वरनाथ मन्दिरलाई भोग लगाउने खर्चको अभाव

   May 3, 2021  

सञ्जीतकुमार मण्डल/रासस

महोत्तरीको सदरमुकाम जलेश्वरमा अवस्थित जलेश्वरनाथ महादेव मन्दिरको नाममा सयौँ बिघा जमिन रहेको कागजले देखाउँछ । त्यसो भए पनि अहिले भने मन्दिरका लागि आवश्यक भोग लगाउने ९प्रसाद बनाउने० समेत खर्च नरहेको सुन्दा सबैलाई अचम्म लाग्न सक्छ । वास्तविकता भने यही हो ।

कुनै बेला चार वटा महापोखरी र दुई ७५ बिघा जग्गाको मालिक रहेका जलेश्वर महादेवलाई अहिले पूजाआजा गर्ने खर्च जुटाउन तथा भोग ९प्रसाद० को व्यवस्था गर्न समेत अप्ठेरो परेको देखिन्छ । यहाँका पुजारी तथा सरोकारवलाहरु यही कुरा बताउने गर्दछन् ।

अहिले जलेश्वरनाथको खर्च भिक्षा र भेटीको भरमा मात्र चलिरहेको उनीहरुको भनाई छ । मन्दिरका पूजारी उपेन्द्र पाठकले भन्नुभयो “भन्दा पनि बडो लाजमर्दो अवस्था छ कि यति प्रसिद्ध जलेश्वरनाथको खर्च अहिले भेटीघाटीबाट धान्नुपरेको छ ।”

परापूर्व कालमा जलेश्वर घना जंगल रहेका बेला बाबा जगदीशनाथ, चतुर्भुजनाथ र तसमैया बाबा आएर जलेश्वरमा बसेका थिए । त्यस समयमा स्यवं महादेवले बाबा जगदीशनाथलाई सपनामा दर्शन दिएर जलेश्वरमा महादेवको मन्दिर निर्माण गर्न आदेश दिएको किंवदन्ती छ ।

बाबा जगदीशनाथले त्यस बेला मन्दिर बनाउन भने निकै कठिन थियो । जंगलमा बाघ, भालु, हात्तीलगायतका जनावर रहेको यस ठाउँमा कोही पनि कामदार काम गर्न आउने अवस्था थिएन । त्यसपछि स्वयं रुद्र ९महादेव० ले नै जलेश्वरनाथको मूल गुफासहितको मन्दिर प्रकट गरिदिनुभएको शिव महापूराणमा उल्लेख गरिएको छ ।

जलेश्वरनाथ महादेवको मूल गुफा जमिनको सतहदेखि १६ सिँढी ९भ¥याङ० मुनी जमिनभित्र रहेको छ जहाँ २४ घण्टा जल भरिएको हुन्छ र बाबा जलेश्वरनाथ महादेव वर्षको ३६५ दिन जलमै विराजमान रहनुहुन्छ ।

यस मन्दिरमा भगवान शिवको शिवलिङ्ग दर्शनका लागि भक्तजनले विशेष दिनको प्रतिक्षा गर्नुपर्छ । यस मन्दिरभित्र करीब २० फिट मूनी जलमा बास बसेका महादेवको दर्शन गर्न मन्दिरभित्रको जल बाहिर फ्याँकेपछि मात्रै सम्भव हुने गर्दछ ।

यस मन्दिरमा महाशिवरात्री, साउन महिनाको प्रत्येक सोमबार ९साउनी मेलाभरि० र प्रत्येक महिनाको पहिलो सोमबारको दिन विशेष मेला लाग्ने गर्दछ र विशेष पूजाआजा र प्रत्यक्ष दर्शन हुने गर्दछ ।

मन्दिरको पानी बाहिर फालेर शिवलिङ्गको दर्शन गराउने चलन रहेकोमा यसभित्रको पानी मोटर वा दमकल लगाएर भने फाल्न सकिँदैन । यसका लागि धेरैले धेरैपटक प्रयास गरिसके पनि सकेका छैनन् । तर मानव शक्तिले बाल्टिनको सहयोगमा पानी फालेमा मन्दिरको गुफा सुक्ने र भक्तजनले दर्शन गर्ने गर्दछ । यसरी पानी फालेर दर्शन गराएपछि पानी एकै छिनमा पुनः भरिने गर्दछ । त्यसैले पटक पटक पानी फ्याँकेर भक्तजनको दर्शन गराउने गरिन्छ । जसका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय युवाहरुको जमात लागि परेका हुन्छन् ।

यस गुफासहितको मन्दिर जहाँ पानी मूनी महादेव बिराजमान रहेको मन्दिर कहिले बनेको बारेमा कुनै प्रमाण छैन भन्ने स्वयं महादेवले नै निर्माण गर्नुभएको कुरा शिवपूराणमा उल्लेख छ ।

रुद्र ९महादेव० स्वयंले गुफासहितको मन्दिर निर्माण गरिदिएपछि बाबा जगदीशनाथले नित्य पूजाआजाका साथै यस मन्दिर र महादेवको बारेमा प्रचारप्रसार गर्नुभयो । बाबा महादेवको चौतर्फी चर्चा परिचर्चा गरेर प्रख्यात बनाउन भूमिका खेल्नुभएका जगदीशनाथ जीवनको अन्तिम कालमा बाबाको मन्दिरको ठीक सामुन्नेमा समाधी लिनुभएको थियो । जसका कारण उनको सानो मन्दिर पनि जलेश्वरनाथको मन्दिरको सामुन्नेमा अझै पनि छन् ।

समयको कालखण्डसँगै नेपालमा शाहवंशीय राज्य भएको बेला बिक्रम सम्वत् १८६७ मा राजा गिर्वाणयुद्ध विक्रम शाहले महोत्तरीको तत्कालीन कञ्चनपुर गाउँस्थित जंगल ९हाल रामगोपालपुर नगरपालिका–७० मा शिकार खेल्न आएको बेला जलेश्वरनाथ महादेव मन्दिरलाई सञ्चालन, व्यवस्थापन र पूजाआजाको लागि २ सय ७५ विगहा जग्गा र चार वटा महापोखरी दान दिनुभएको ताम्रपत्रमा उल्लेख छ । जसलाई मौजेको नाउँमा बुझ्न थालियो । मौजेको रुपमा मन्दिरले जलेश्वर मौजे, बजराही मौजे, बहेरा मौजे, डाम्ही महेशपुर मौजेलगायतका मौजेहरु पाएका थिए भने बरुण सरोवर, पुरन्दर सरोवर, मखान पोखरी र महन्थ पोखरी जस्ता महापोखरीहरु पनि पाएका थिए ।

सोही मौजे र महापोखरीहरुबाट आएको आम्दानीबाट मन्दिरको दैनिक पूजाआजा, भगवान शिवको भोग, साधुसन्तको भण्डारा र आगन्तुकहरुको स्वागत सत्कार समेत हुनेगरेको थियो ।

त्यसबेला यस महादेव मन्दिरमा पूजाआजाको लागि द्वन्द्व गिरी नाउँका पूजारी रहेका थिए । उनले लामो समयसम्म बाबा जलेश्वरनाथको सेवा गरेका थिए ।

समय बित्दै जाँदा विसं १९९५ मा बडा हाकिम राम शमशेरले जलेश्वरनाथ महादेवको भित्री गुफासहितको मन्दिरको माथि पुनः आकर्षक र ठूल–ठूला बुर्जासहितको अद्वितीय मन्दिर निर्माण गर्नुभयो । यस महामन्दिर निर्माण गर्न बडा हाकिम राम शमशेरलाई त्यस बेलाको रु २५ हजार खर्च भएको बताइएको छ ।

महामन्दिर निर्माण गर्न सख्खर, उरिद, चुन, सुरखी, कत्था लगायतका वस्तुहरुको प्रयोग गरिएको थियो । यस महामन्दिर निर्माणको बेला जलेश्वरनाथ महादेव मन्दिरको पूजारी राजनारायण गिरी रहेको उल्लेख छ ।

बाबा जलेश्वरनाथ महादेवको मन्दिरमा साक्षात शिवको बास रहेको र चोखो मन वचनले भाकल गर्नेको मनोकामना अवश्य नै पूरा हुने गरेको जनविश्वास रहीआएको वर्तमान पूजारी उपेन्द्र पाठक बताउनुहुन्छ ।

जलेश्वरनाथको महिमा तथा भलाइको गुणगान महोत्तरी, धनुषा, सिरहा, सर्लाही, सिन्धुलीलगायतका छिमेकी जिल्लासहित नेपालका विभिन्न ठूला साना शहर तथा गाउँ र राजधानी काठमाडौँ समेतमा भएको उल्लेख छ । यसका अतिरिक्त भारतको पटना, दरभंगा, मुजफ्फरपुर, सीतामढी, मधुबनीलगायतका शहरमा पनि जलेश्वरनाथको व्यापक चर्चा रहेको छ । सोही कारण उहिले र अहिले पनि उल्लेखित ती स्थानहरुबाट वर्षेनी बाबा जलेश्वरनाथको दर्शनका लागि हजारौँ धार्मिक पर्यटक आउने गर्छन् ।

मन्दिरसँग सयौँ विगहा जग्गा र चार महत्वपूर्ण पोखरी रहेकोले निकै भव्य तरिकाले सञ्चालन, व्यवस्थापन हुँदै आएको थियो । तर समय बित्दै जाँदा पद्म शमशेरको पालामा उनले यस मन्दिरको अधीनमा रहेको जग्गा आफ्ना गुरु पुरोहित गोपाल बहादुर उपाध्याय, रामबहादुर उपाध्यायलगायतका ४÷५ दाजुभाईलाई दान दिएको चर्चा छ । पदम शमशेरले दान दिएपछि गुरु पुरोहित र उनका सन्तानले मन्दिरका मौजेहरु बेचेर खाएपछि विस्तारै मन्दिरको आयस्रोत घटेको आफूले सुनेको पूजारी पाठक बताउनुहुन्छ ।

विसं १९८३ को श्रेस्तामा सयौँ विगहा जग्गा मन्दिरको नाउँमै रहेको देखिन्छ । त्यसैगरी विसं २००२ सम्म मन्दिरको महन्थको नाउँमा मौजेहरु रहेको पनि उल्लेख छ तर मन्दिरको सयौँ विगहा जग्गाको मौजे विसं २००८ बाट हराएको छ । यसरी यो दानको जग्गा र मन्दिरका चार महापोखरी अहिले जलेश्वर नगरपालिकाले आफ्नो कब्जामा लिएको छ तर नगरपालिकाले पनि मन्दिरलाई कुनै सहयोग नगरेको गुनासो मन्दिरको छ ।

मन्दिरकै दक्षिणपट्टी रहेको गुठी संस्थानसँग रहेको ताम्रपत्रमा राजा गिर्वाणयुद्ध विक्रम शाहले दान दिनुभएको मन्दिरको २७५ विगहा जग्गा र चार महापोखरी उल्लेख गरिएको अझै पनि सुरक्षित रहेको छ ।

यस मन्दिरमा अहिले भक्तजनले चढाएको भेटी, चन्दा र अन्य सहयोगबाटै नित्य पूजाआजा तथा प्रसाद (भोग) पनि चल्ने गरेको छ ।