लुम्बिनी प्रदेशमा पदमुक्त भएका जसपाका चार सांसदको रिट दर्ता भएन – Madhesh Update

लुम्बिनी प्रदेशमा पदमुक्त भएका जसपाका चार सांसदको रिट दर्ता भएन

   May 2, 2021  

प्रदेशसभा सदस्यहरु सन्तोषकुमार पाण्डे, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे लम्साल आफुलाई गरिएको कारवाहीको विरुद्ध रिट दर्ता गर्न आइतबार सर्वोच्च अदालत पुगेका थिए । तर, सर्वोच्च अदालतले कोभिड १९ का कारण यसअघि नै बन्दी प्रत्यक्षीकरण र कोरोना बाहेकका सेवा स्थगन गर्ने जनाएकाले चार सांसदको रिट दर्ता नभएको सर्वोच्च अदालतका सञ्चार विज्ञ किशोर पौडेलले जानकारी दिए ।

‘कोरोनाका कारण अरु सेवा स्थगित गर्ने निर्णयअनुसार उहाँहरुको रिट आज दर्ता भएन । पछि आउनुस् भनेर फिर्ता गरिएको छ’, पौडेलले भने ।

गत विहिवार जसपाका अध्यक्ष उपेन्द्र यादव, वरिष्ठ नेता बाबुराम भटराइ सहितको २६ कार्यकारणी समिति सदस्यहरुको कारवाही माग पछि लुम्बिनी प्रदेशसभाले उनीहरुलाई पदमुक्त गरेका थिए । जस प्रति जसपाकै अर्का अध्यक्ष महन्थ ठाकुर, वरिगठ नेता राजेन्द्र महतोले आपति जनाउदै निर्वाचन आयोगमा उक्त कारवाही फिर्ता गर्न निवेदन पनि दिएका थिए । विहिवार पदुमुक्तको सुचना पाए पछि चार जना सासदहरु शुक्रवार नै काठमाडौ आएर सर्वोच्च अदालत पुुगेका थिए । त्यो दिन ढिला भएको भ्नदै आज आइतवार पुुन उनीहरु अदालत पुुगेका थिए । तर अदालतले कोराना संक्रमण वढे पछि लगाएको मापढण्ड देखाउदै उनीहरुको रिट दायर गर्न मानेका छैन ।