कारवाहीमा परेका जसपाका चार सासंदद्धारा सर्वोच्चमा मुद्धा दायर – Madhesh Update

कारवाहीमा परेका जसपाका चार सासंदद्धारा सर्वोच्चमा मुद्धा दायर

   April 30, 2021  

लुम्बिनी प्रदेशसभाले विहिवार पद मुक्त गरेका जसपाका चार सासदहरु काठमाडौ आएर सर्वोच्चमा शुुक्रवार मुद्धा दायर गरेका छन । प्रदेशसभाको निर्णयलाई चुनौती दिदै उनीहरुले सर्वोच्चमा उक्त निर्णय वदर गरियोस भनेर मुद्धा दायर गरेका हुन ।

जसपाका प्रदेश सासंदहरु सतोष कुुमार पाण्डे, वियबहादुर यादव, सुमन शर्मा र कल्पना पाण्डेलाइ विहिवार प्रदेशसभाले पदमुक्त गरेको सुचना जारी गरेका थिए । उनीहरु प्रदेश सरकारमा मन्त्रीहरु समेत थिए । उनीहरु माथी गरिएको कारवाहीलाई लिएर जसपा भित्र दुुई धार देखिएको छ । जसपाका अध्यक्ष महन्थ ठाकुरले उक्त कारवाही ठिक नभएको भन्दै शुक्रवार निर्वाचन आयोगमा आफै निवेदन दिएका छन । कारवाही गर्नु पर्नेमा उपेन्द्र यादव, बाबुराम भटराई सपहत उनी पक्षका २६कार्यकारणी समिति सदस्यह हस्ताक्षर गरेका थिए ।

कारवाहीमा परेका चार मध्ये तीन जना उपेन्द्र यादव कै नेतृत्वको पुर्व समाजवादी पार्टीका हुन । कारवाही परेकाहरुले प्रदेशसभाको निर्णय माथी प्रश्न चिन्ह उठाउदै सर्वोच्च पुुगेका हुन ।