जसपामा महन्थ ठाकुर र उपेन्द्र यादव दुवै पक्ष आ आफनो रणनिती बनाउदै – Madhesh Update

जसपामा महन्थ ठाकुर र उपेन्द्र यादव दुवै पक्ष आ आफनो रणनिती बनाउदै

   April 30, 2021  

पार्टी भित्र विवाद चर्किदै गए पछि जनता समाजवादी पार्टी नेपालमा दुवै पक्ष आ आफनो रणनिती बनाउन आन्तरिक बैठक र छलफल तीव्र पारेका छन । लुुम्बिनी प्रदेशका चार सासंद तथा मन्त्रीहरु माथी विहिवार भएको कारवाही पछि दुवै पक्ष मैदान उत्रिएर एक अर्का विरुद्ध रणनिती बनाउन उत्रिएका छन । हुनत फागुुन ११ सर्वोच्च अदालतले संस्द पुर्नस्थापना गरे पछि नै जसपामा दुुई धार देखिएका थिए । एउटा धारमा महन्थ ठाकुर र राजेन्द्र महतो छन भने अर्को धारमा उपेन्द्र यादव र बाबुराम भटराई छन ।

ठाकुर र महतोले प्रधानमन्त्री केपी ओली संग संवादमा गएर आफनो एजेन्डा सम्बोधनका लागी ५ सदस्यीय कार्यद्यल नै गठन गरे भने यादव र भटराई काग्रेस र माओवादी केन्द्रसंग मिलेर नयां सतासमिकरण बनाउन उद्धत देखियो । ठाकुर र महतो पनि यो विचमा काग्रेस र माओवादी केन्द्रसंग संवादमा गए तर उनीहरु आफनो एजेन्डा सम्बोधन हुनुपर्ने अडान राखे ।

प्रधानमन्त्रीसंगको संवाद अगाडी वढे पछि जसपा भित्रै यादव र भटराईले त्यसको विरोधमा उत्रिएका छन । यता जुपा र प्रमको संवाद दिन पैीत दिन साकारात्मक बन्दै गयो । मधेश आन्द्योलनताका १ सय २० ओटा मुद्धा सरकारले यही हप्तामा फिर्ता लिएको निर्णय सार्वजनिक भएको छ ।

तर त्यसको भोली पल्टै लुम्बिनी प्रदेशमा ठाकुर र महतोको धाप पाएर प्रदेशको सरकारमा सामेल भएका चार संसदलाई कारवाही गरिएको छ । उपेन्द्र यादव, बाबुराम भटराई भटराई सहितको कार्यकारणी समितिका २६सदस्यीयहरु पार्टीको औपचारिक बैठक बेगर नै माइन्युट गरेर कावाहीको सिफारिस गरे पछि जसपाको आन्तरिक विवाद छताछुुल्ल भएको छ । ठाकुरले लुम्बिनी प्रदेशसभाले गरेको कारवाही लगत भएको भन्दै शुक्रवार निर्वाचन आयोगमा निवेदन दिएका छन । भने पदमुक्त भएका चार सासद काठमाडा आएर शुक्रवार नै सर्वोच्चमा मुद्धा दायर गरेका छन ।

धेरैले वाहिर फुटको संघारमा गइसकेको भनेर भनेर भनिरुह्दा पनि जसपाका शिर्ष नेताहरु त्यस वारेमा औपचारिक प्रतिक्रिया दिन मानेका छैन । वरु उनीहरु आन्तरिक छलफल र रणनितीमा व्यस्त देखिएका छन ।

उपेन्द्र यादव पक्षले काग्रेस माओवादीसंग मिलेर प्रम ओली विरुद्ध अविश्वासको प्रस्ताव ल्याउने रणनितीमा अघि वढी रह्दा ठाकुर र महतोले भने प्रम ओलीग आफनो थप मुद्धा फिर्ता वाहेक अन्य एजेन्डाहरु सम्बोधन गराउन तर्फ अघि वढेका छन ।

दुवै पक्षले अहिले सम्म एक अर्कालाई काउन्टर दिदै आएका छन । अघिल्लो हप्ता मात्रै उपेन्द्र यादवले संसद सचिवालय गएर आफै जसपाको ससदीय दलको बैठकको माइन्युटहरु समेत लगेर आफुसग राखेका छन । ठाकुर र महतोले प्रम ओलीले मुद्धा सम्बोधन गरेको खण्डमा यादवलाई पार्टी भित्रै कमजोर बनाएर वर्तमान सरकारकै पक्षमा उभिने संकेत गरेका छन ।

यद्यपी विहिवार लुम्बिनी प्रदेशसभाले ठाकुर महतो पक्षका चार सासंदको पद खोसी दिए पछि जसपा भित्रको आन्तरिक किचलो पेचिलो बन्दै गएको छ ।