जसपा र प्रधानमन्त्री विचको कार्यदल बैठक आज सम्पन्न – Madhesh Update

जसपा र प्रधानमन्त्री विचको कार्यदल बैठक आज सम्पन्न

   April 30, 2021  

नेपाल सरकारले जसपाको सिफारिशमा १ सय २० ओटा मुद्धा फिर्ता लिए पछि शुक्रवार दिउसो प्रधानमन्त्री केपी ओली र जसपाले बनाएको ५ सदस्यीय कार्यदलको बैठक भएको छ । प्रम निवास वालुवाटारमा सम्पन्न बैठकमा मुद्धा फिर्ता पछि अन्य मुद्धा सम्बोधन गर्ने कुराहरु अघि वढेको छ । त्यसको साथै वाकी मुद्धाहरु पनि कसरी फिर्ता गर्ने भन्ने वारेमा शुक्रवार कुरा भएको हो ।

गत वुधवार मात्रै सरकारले १ सय २० ओटा मुद्धा फिर्ता लिएको सावजनिक भएको थियो । त्यस पछि हिजो विहिवार मात्रै जसपाको उपेन्द्र यादव र बाबुराम भटराईको सिफारिशमा लुम्बिनी प्रदेशमा जसपाका चार सासदलाई कारवाही गरिएको थियो । विहिवार लुम्बिनीको प्रदेशसभाले उक्त निर्णय सार्वजनिक गरे पछि जसपा भित्रको आन्तरिक द्धन्द्ध तीव्र देखिएको वेला शुक्रवार प्रधानमन्त्री र जसपाको कार्यदल बैठक बसेको छ । कार्यदलमा जसपाको तर्फवाट लक्ष्मणलाल कर्ण, सर्वेन्द्रनाथ सुक्ला र प्रधानमन्त्रीको तर्फवाट सुुभाष नेम्बाड, विष्णु पौडेल र राजन भटराई छन ।

प्रधानमन्त्रीसंग भइरहेको संवादवारेमा जसपा भित्र सुरु देखि नै दुुई धार रह्दै आएको छ । महन्थ ठाकुर र राजेन्द्र महतो प्रधानमन्त्री ओली संग् संवदम छन भने उपेन्द्र यादव र बाबुराम भटराई प्रधानमन्त्री ओली विरुद्ध अविश्वास प्रस्ताव ल्याउने पक्षमा छन । त्यही दुुई धारका कारण लुम्बिनी प्रदेशमा अहिलेको विवाद उत्पन्न भएको छ ।