जसपा अध्यक्ष महन्थ ठाकुरद्धारा निर्वाचन आयोग समकक्ष लुम्बिनी प्रदेशसभाको निर्णय खारेज गर्न माग – Madhesh Update

जसपा अध्यक्ष महन्थ ठाकुरद्धारा निर्वाचन आयोग समकक्ष लुम्बिनी प्रदेशसभाको निर्णय खारेज गर्न माग

   April 30, 2021  

जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले निर्वाचन आयोगलाई शुक्रवार एक पत्र लेख्दै विहिवार लुम्बिनी प्रदेशसभाले चार जना सासंद तथा मन्त्री माथी गरेको कारवाही खारेज गर्न माग गरेको छ । ठाकुरले शुक्रवार दिउसो पत्र बुुझाएका छन । पत्रमा लसम्बिनी स्थित प्रदेश निवाचन कार्यलयलाई बोर्धात गरिएको छ ।

ठाकुरले जसपाको कार्यकारणी समिति बैठक नबसेको र लुम्बिनी प्रदेश सासदहरुलाइ कारवाही गर्न सम्बन्धमा कुनै पनि निर्णय नभएको भन्दै प्रदेशसभामा बुुझाइएको हस्ताक्षर सही नभएको पनि दावी गरेका छन । विहिवार लुम्बिनी प्रदेशसभाले सुचना निकाले लगत्तै पनि ठाकुरले एक वक्तत्य जारी गर्दै प्रदेशसभाको निर्णय मान्य नहुुने चेतावनी दिएका थिए ।

उपेन्द्र यादव, बाबुराम भटराई सहित २६ जना कार्यकारणी सदस्यहरु हस्ताक्षर गरेर लुम्बिनी प्रदेशमा पार्टीको विना कुनै निर्णय सरकारमा सामेल भएको भन्दै कारवाही गर्न सिफारिस गरेका थिए ।