लुम्बिनी प्रदेशमा कारवाहीमा परेका जसपाको चार सासद आज सर्वोच्च जादै – Madhesh Update

लुम्बिनी प्रदेशमा कारवाहीमा परेका जसपाको चार सासद आज सर्वोच्च जादै

   April 30, 2021  

जसपा नेपालका लुम्बिनी प्रदेशकाचार सासंद तथा मन्त्रीहरु आज सर्वोच्च अदालत जादै छन । हिजो मात्रै प्रदेशसभाले एक सुचना जारी गर्दै उनीहरुलाइ संसद तथा मन्त्री पदवाट मुक्त गर्ने निर्णय गरेका थिए । जसपा नेपाल अध्यक्ष उपेन्द्र यादव, वरिष्ठ नेता बाबुुराम भटराई सहितका २६ जना कार्यकारणी समिति सदस्यहरुको हस्ताक्षर गरेर कावाहीको निवेदन दिएको खुलासा आज विहान भएको छ । यद्यपी हिजो नै जसपाका अध्यक्ष महन्थ ठाकुरले विज्ञप्ती निकालेर प्रदेशसभाले गरेको कारवाही सम्बन्धमा पार्टी भित्र कुनै छलफल र निर्णय नभएको भन्दै कारवाही मान्य नहुुने बताएका थिए ।

कारवाहीमा परेको भनिएका चार मन्त्री तथा सासद आजै सर्वोच्चमा प्रदेशसभाले गरेको कारवाही गलत भएको भन्दै मुद्धा दायर गर्न लागेका छन । जसपा भित्र महन्थ ठाकुर र राजेन्द्र महतोको पक्षमा हाल रहेका चार सासद सर्वोच्चमा मुद्धा दायर गर्न काठमाडौ आइपुुगेका हुन ।