मुुद्धा फिर्ताको निर्णयलाई स्वागत गर्दै मधेशका सहरहरुमा मैनवत्ती प्रज्वलन – Madhesh Update

मुुद्धा फिर्ताको निर्णयलाई स्वागत गर्दै मधेशका सहरहरुमा मैनवत्ती प्रज्वलन

   April 29, 2021  

मधेश तथा थरुहट आन्दोलनताका मुद्दाहरु नेपाल सरकारले फिर्ता लिएपछि मधेशी युवाहरुले राजविराज सहित मधेशका विभिन्न प्रमुख सहरहरुमा मैनवती प्रज्वलन गरेका छन् ।

सरकारले वुुधवार मात्रै १ सय २० ओटा मुद्धाहरु फिर्ता लिएको निर्णय सार्वजनिक गरेको थियो । जसको स्वागतमा विहिवार राजविराज, लहान, जनकपुर सहितका ठाउहरुमा निर्णयलाई स्वागत गर्दे मैनवत्ती प्रज्वलन गरिएको छ ।

राजविराज स्थित दशनचौक र गजेन्द्र चौकमा मैनवती प्रज्वलन गरी सरकारको निर्णयलाई स्वागत गरिएको छ । यसैगरि सिरहाको लहान, धनुषाको जनकपुरधाम लगायतका स्थानहरुमा जसपाका युवानेताहरुले मैनवती प्रज्वलन गरी सरकारको निर्णयलाई स्वागत गरेका हुन ।

सरकारले मधेस थरुहट आन्दोलनका क्रममा लगाइएको सरकारवादी १५ मुद्दासँग सम्बद्ध १२० जनाको मुद्दा हिजो बुधबारै मन्त्रीपरिषको निर्णयबाट फिर्ता लिएको छ ।