लुम्बिनी प्रदेशका सांसदहरु हटाउनु फर्जी काम- ठाकुर/महतो पक्ष – Madhesh Update

लुम्बिनी प्रदेशका सांसदहरु हटाउनु फर्जी काम- ठाकुर/महतो पक्ष

   April 29, 2021  

लुम्बिनीका नवनियुक्त मन्त्रीहरुलाई सांसद र पार्टी सदस्यबाट निष्काशन गर्ने निर्णय फर्जी भएको जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्षले बताएका छन । उनीहरुले यो विचमा पार्टीको कुनै बैठक नै नभएको र त्यस सम्बन्धमा कसनै पनि निर्णय नभएको भन्दै कारवाही फर्जी भएको आरोप लगाएका छन ।

बिहीबार दिउँसो लुम्बिनी प्रदेशसभा सचिवालयले सूचना प्रकाशित गरी जसपा सांसदहरु सन्तोषकुमार पाण्डेय, विजयकुमार यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे पदमुक्त भएको जानकारी गराएको थियो ।

जसपाका अध्यक्ष ठाकुरले विज्ञप्ती निकालेर प्रदेश सासदहरु तथा मन्त्रीहरु माथी भएको कारवाही गलत भएको बताएका छन । वरिष्ठ नेता महतोले सांसद पदमुक्त गर्ने निर्णय फर्जी भएको भन्दै स्वीकार नगर्ने बताए । ‘यो फर्जी कसले गर्‍यो ? पार्टीको त बैठक नै बसेको छैन ।

प्रदेशसभा सचिवालयले प्रकाशित गरेको सूचनामा भने जसपा केन्द्रीय कार्यकारिणी समितिले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३२ को उपदफा ९५० बमोजिम प्रदेशसभा सदस्य र पार्टी सदस्यबाट निष्काशन गरेको सूचना जसपा लुम्बिनी प्रदेश संसदीय दलले दिएको उल्लेख गरिएको छ ।

महतोले लुम्बिनीका सभामुखले गलत काम गरेको बताए । ‘फर्जी काम भयो, सभामुख कस्तो मान्छे हो । कन्फर्म त गर्नुपर्छ नि’, महतोले भने ।

कम्युनिष्टहरुले आफ्नो पार्टी गोलमाल बनाएपछि जसपाभित्र पनि त्यही गर्न लागेको उनले बताए । ६ वैशाखमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका जसपाका चार सांसदलाई त्यसै दिन मुख्यमन्त्री पोखरेलले मन्त्री बनाएका थिए ।