जसपामा लुम्बिनी प्रदेश लाई लिएर उपेन्द्र-महन्थ पक्षको विवाद छताछुल्ल
केहि दिन अगाडी लुम्बिनी प्रदेश सरकारमा जसपाका चार सासद मन्त्री भए पछि आज उनीहरुलाई कारवाही स्वरुप ससद पदवाट मुक्त गरिएको सुचना प्रदेश संसद सचिवालयले जारी गरेको छ । उपेन्द्र यादव पक्षले कारवाही निवेदन दिए पनि त्यो सार्वजनिक गरिएको थिएन । तर जसपाका अर्का अध्यक्ष महन्थ ठाकुरले लुम्बिनी प्रदेश सभाको सुचना पछि एक विज्ञप्ती जारी गर्दै जसपाले कसैलाई कारवाही नगरेको जनाएको छ । उनले लुम्बिनी प्रदेश सभाले निकाले विज्ञप्ती प्रति आपत्ति समेत जनाएको छ । विहिवार दिउसो लुम्बिनी प्रदेशसभाले विज्ञप्ती निकाले पछि जसपाको दुुई धारको विवाद छाताछुल्ल भएको छ ।
केहि दिन अगाडी लुम्बिनी प्रदेशका मुख्यमन्त्री विरुद्ध काग्रेस माओवादीले अविश्वास प्रस्ताव दर्ता गराउन गए पछि त्यसमा जसपाको उपेन्द्र यादव पक्षको निर्देशनमा जसपाका सासंदहरुको पनि हस्ताक्षर संकलन गराइएको थियो । तर केहि घन्टा नबित्दै हस्ताक्षर गरेकै जसपाका चार सासंदहरु प्रदेश सरकारमा सामेल हुदै मन्त्री पदको सपथ लिएको थियो । सपथ लिए पछि जसपाको लुम्बिनी प्रदेशमा ससदीय दलको नेता समेत परिर्वतन गरिएर पदाधिकारीहरु चयन गरिएको थियो ।
त्यस पछि सार्वजनिक रुपमै उपेन्द्र यादव र पुर्वप्रम बाबुराम भटराईले लुम्बिनी प्रदेशका ती संसादहरुलाई कारवाही गर्ने बताएका थिए । तर जसपाका अर्का अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष मौन देखिएका थिए ।
स्रोतका अनुसार गत मंगलवार केन्द्रिय पार्टी कार्यलय वालकुुमारीमा जसपाका शिर्ष पाच नेताको बैठक बस्दा उपेन्द्र यादवले तत्काल केन्द्रिय कार्यकारणी समितिका बैठक बोलाउन माग गरेका थिए । तर ठाकुर र महतोले कोराना संक्रमणका कारणमा काठमाडौमा विहिवार देखि निषेधआज्ञा लाग्ने भएको भन्दै खुले पछि मात्रै बैठक गर्नु पर्ने आफनो भनाई राखेका थिए । त्यस पछि ठाकुर र महतो सहित अन्य पदाधिकारी हिडे पछि जसपाका अध्यक्ष उपेन्द्र यादवले पार्टी कार्यलयमै आफना निकट कायृकारणी समिति सदस्यहरु बोलाएका थिए । यादवले कार्यकारणी सदस्यहरुलाइ सदा कागजमा हस्ताक्षर गराउदै उक्त हस्ताक्षर लुम्बिनी प्रदेशका चार सासदको कारवाही र केन्द्रमा प्रम केपी ओली विरुद्ध काग्रेस माओवादी संग मिलेर अविश्वास प्रस्ताव ल्याउन प्रयोग गर्ने बताएका थिए ।
यस अघि यादवले संसदिय दलको कार्यलयवाट जसपाको संस्दीय दलको माइन्युट पनि गुपचुप रुपमा लगेर आफुु संग राखेका छन । मंगलवार यादवले कति जना कार्यकारणी समिति सदस्यहरुको हस्ताक्षर संकलन गरेका थिए भन्ने प्रष्ट खुलेका छैन । तर उनी पक्षका नेताहरुले २८ देखि ३३ जना सम्मको हस्ताक्षर संकलन गरिएको दावी गरेका छन । जसपाको कार्यकारणी समिति अहिले ५१ सदस्यीय छन ।