सरकारद्धारा मधेश आन्दोलनताका १ सय २० मुद्धा फिर्ता – Madhesh Update

सरकारद्धारा मधेश आन्दोलनताका १ सय २० मुद्धा फिर्ता

   April 28, 2021  

नेपाल सरकारले पाच बर्ष अगाडी तराई मधेशमा भएको आन्दोलनताका १ सय २० मुुद्धा फिर्ता लिने निर्णय गरेको छ । मन्त्रीपरिषदको उक्त निर्णय वुधवार सार्वजनिक भएको छ । यस अघि प्रधानमन्त्री र जनता समाजवादी पार्टीका शिर्ष तहमा भएको संवादमा जसपाले मुद्धा फिर्ता सहित अन्इ आफना मागहरु सम्बोधनको माग गरेका थिए । जसपा र प्रमको तहवाट कार्यदल नै बनाएर पछिल्लो समयमा गृहकार्य गरिएको थियो । कार्यदलले २ सय ८ मुद्धा फिर्ताका लागी गृहमन्त्रालय र महान्यात्रिवक्ता कार्यलयमा कागजातहरु पेश गरेका थिए । सरकारले जसपा अन्य मुद्धाहरु पनि सम्बोधन हुने क्रममा रहेको जनाएको छ ।

त्यसैगरि जसपाले उठाएको अन्य मुद्धाहरु लाल आयोगको प्रतिवेदन सार्वजनिक, नागरिक विद्येयक, संविधान संशोधन लगायतका मुद्धामा पनि दुवै पक्षको विचमा संवाद चलीरहेको छ । जसपा कार्यदल सदस्य लक्ष्मणलाल कर्णले अन्य मुद्धाहरु पनि दुवै पक्षको विचमा संवादह भइरहेको बताए ।

मुद्धा फिर्ता सम्बन्धमा वुधवार निर्णय सार्वजनिक भए पछि जसपाका नेताहरुले सरकारको निर्णयलाई साकारात्मक भएको भन्दै धन्यवाद दिएका छन । उनीहरुले जसपाले उठाउदै आएको अन्य मुद्धा सम्बोधन गर्न पनि सरकारसग आग्रह गरेका छन ।