लुम्बिनी प्रदेश सरकारमा गएपछि जसपा संसदीय दलका पदाधिकारी नियुक्त
Madhesh Update
April 26, 2021
लुम्बिनी प्रदेशमा जनता समाजवादी दल (जसपा) नेपालले संसदीय दलको पदाधिकारी नियुक्त गरेको छ । जसपा नेपाल, लुम्बिनी प्रदेश संसदीय दलको बैठकले दलको उपनेतामा विजयबहादुर यादव, प्रमुख सचेतकमा कल्पना पाण्डे लम्साल र सचिवमा सुमन शर्मा रायमाझीलाई चयन गरेको छ ।
संसदीय दलका नेता सन्तोष कुमार पाण्डेयको अध्यक्षतामा बसेको बैठकले गरेको निर्णय प्रदेशसभा सचिवालयमा पठाइएको प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्रीसमेत रहेका संसदीय दलका नेता पाण्डेयले जानकारी दिए ।
यसरी उपनेता, प्रमुख सचेतक र सचिव चयन गरिका सबै हालै शंकर पोखरेल नेतृत्वको सरकारमा गएका मन्त्रीहरु हुन् । ६ सांसद रहेको जसपा नेपालका ४ सांसदको हस्ताक्षरमा नेताहरु चयन गरिएको हो । उक्त बैठकमा नगएका दुई जनाले भने उक्त निर्णयप्रति आपत्ति जनाएका छन् ।