जसपाले माग गरे अनुसार मुद्धा फिर्ता र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय – Madhesh Update

जसपाले माग गरे अनुसार मुद्धा फिर्ता र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय

   April 25, 2021  

पछिल्लो केहि समय यता सरकार र जसपा नेपाल विच चलीरहेको संवाद अनुसार मन्त्रीपरिषदले मधेश आन्द्योलनताका मुद्धा फिर्ता फिर्ता र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ । गत विहिवार बसेको मन्त्रीपरिषद बैठकले त्यस्तो निर्णय गरेको जसपालाई सरकार पक्षले जानकारी गराएको बताइएको छ । यद्यपी मन्त्रीपरिषदको निर्णय अहिले सम्म औपचारिक रुपमा सार्वजनिक भएको छैन ।

जसपा स्रोतका अनुसार उक्त पार्टीको कार्यदलले पेश गरेको २४ थान अन्र्तगत २ सय ८ ओटा मुद्धाहरु मध्ये सरकारले ९ थान मुद्धा फिर्ता लिने निर्णय गत विहिवार गरेको छ । वाकीको सन्दर्भमा पनि महान्याविक्ता कार्यलय, गृहमन्त्रालय र जसपा सरकारको कार्यदलले आव्श्यक कागजातहरु पुर्याइरहेको छ ।

केहि समय अघि सरकार र जसपाले पाच सदस्यीय कार्यद्यल गठन गरेर जसपाको माग सम्बोधनको गृहकार्य थालेका छन । यद्यपी त्यस प्रति जसपाकै अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता डा बाबुराम भटराईले अस्नतुष्टि जनाउदै आएका छन । जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महताको अगुवाईमा सरकारसग भइरहेको संवाद पुर्णतह मुद्धा सम्बोधन केन्द्रित रहेको बताइएको छ । जसपाले मधेश तथा थहरहट आन्दोलनताका मुद्धा फिर्ता, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नु पर्ने, रेशम चौधरी सहित अन्य बन्दीहरुको रिहाइ हुनु पर्ने र संविधान संशोधन हुनु पर्ने माग सरकार संग अघि सारेका छन ।

दुवै तर्फका कार्यदल सदस्यहरु र संवादमा संग्लन शिर्ष तहका नेताहरु मुद्धा सम्बोधनको प्रक्रिया सकारात्मक रुपमा अघि वढेको दावी गरेका छन । ९ थान मुद्धा फिर्ता र लाल आयोगको प्रतिवेदन सार्वज्निक गर्ने निर्णय अनौपचारिक रुपमा सरकारको तर्फवाट सुचना पाए पछि संवादको पक्षपाती जसपा पक्ष उत्साहित देखिएका छन ।