पछिल्लो १५ दिनमा कोरोनाका कारण वीरगन्जमा ११ को मृत्यु

कोरोना दोस्रो लहर बढ्दै गर्दा वीरगन्ज, पर्सा र बारामा ११ जनाको मृत्यु भइसकेको छ । उनीहरूको १५ दिनभित्र मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डा सरोज रोशन दासले जानकारी दिए ।
मृतकमध्ये एकको शनिबार गण्डक अस्पतालमा मृत्यु भएको हो । शुक्रबारसम्म १० जनाको कोरोनाकै कारण निधन भइसकेको छ । शनिबारसहित मृतक संख्या ११ पुगेको छ । शनिबार मृत्यु भएका वीरगन्ज–१३ का ५३ वर्षीय रहेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । पर्साका पुरुषको सुरुमा भरतपुरमा उपचारक्रममा मृत्यु भएको थियो ।
त्यसको १२ दिन बित्न नपाउँदै बाराका दुई र बाँकी सबै पर्साका संक्रमितको निधन भएको छ । पहिलेजस्तो संक्रमितमा रुघाखोकी लाग्ने, ज्वरो आउने लक्षण नभएर अहिले सिधैं फोक्सोमै कडाखाले निमोनिया हुने गरेको लक्षण देखिएको छ । यस्तो लक्षण देखिएकाको उपचारमा कठिन भइरहेको छ ।
नारयाणी अस्पतालमा ४० संक्रमित भर्ना भएका छन् । तीमध्ये ८ जना गम्भीर छन् । संक्रमित संख्याको पर्सामा १ हजार नाघी सकेको छ । जसमध्ये सक्रिय संक्रमित मात्रै अहिले ५ सय ७७ रहेको जिल्ला प्रशासन कार्यालयको कोभिडतर्फ तथ्यांक अपडेट गरिरहहेका प्रशासकीय अधिकृत विनय श्रीवास्तले जानकारी दिए ।