किन संसदीय दलको कार्यलय वाट उपेन्द्र यादवले लगे पहिला बैठकको माइन्युट – Madhesh Update

किन संसदीय दलको कार्यलय वाट उपेन्द्र यादवले लगे पहिला बैठकको माइन्युट

   April 21, 2021  

सता समिकरणको मुद्धामा दुुई धारमा जसपा विभक्त देखिएको वेला एक जना अध्यक्ष उपेन्द्र यादव वुधवार दिउसो सिंहदरवार स्थित संसदीइ दलको कार्यलय पुुगेर प्रतिनिधीसभा पुर्नस्थापना पछि बसेको जसपाको संसदीय दलको बैठकको माइन्युुट लगेका छन । सर्वोच्च अदालतले गत फागन ११ गते प्रतिनिधीसभा पुर्नस्थापना गरे पछि एकिकृत जसपाको संसदीय दलको बैठक पहिलो पटक बसेको थियो । तीन पटक बसेको बैठकको पहिलो र दोस्रो दिन बैठकमा सहभागी भएका सासंदहरुले उपस्थित हाजिर मात्रै गरेका छन । तेस्रो बैठकले आफनो एजेन्डाका लागी अहिले सवै प्रमुख दलहरु संग छलफल गर्ने निर्णय गरेको थियो ।

जसपाका अध्यक्ष तथा ज्येष्ठ सासद महन्थ ठाकुरको उपस्थितीमा बसेको बैठकमा जसपाका सबै सासंदहरु उपस्थित थिए । यादवले वुुधवार दिउसो सिंहदरवार स्थित संसदीय दलको कार्यलयवाट उक्त माइन्युट लगे पछि जसपा भित्र विभिन्न् आशंकाहरु उब्जिएको छ । कतिपय नेताहले माआवादी केन्द्र र काग्रेसले प्रधानमन्त्री केपी ओली विरुद्ध ल्याउन लागेको अविश्वास प्रस्तावमा उक्त हस्ताक्षर दुुरुपयोग हुन सक्ने चिन्त व्यक्त गरेका छन ।

जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ट नेता राजेन्द्र महतो मंगलवार मात्रै प्रधानमन्त्री ओलीसंग भेट गरेका थिए । ठाकुर र महतो प्रम ओली संग आफनो एजेन्डा सम्बोधनका लागी कार्यदल नै बनाएर छलफल गरिरह्दा यादव माओवादी केन्द्र र काग्रेस संग मिलेर प्रम ओली विरुद्ध अविश्वास प्रस्ताव ल्याउनु पर्ने पक्षमा उभिएका छन ।

वुधवार यादवले उक्त माइन्युट लगे पछि त्यस वारेमा ठाकुर र महतो पक्षका नेताहरुले सार्वजनिक रुपमा त्यस वारेमा कुनै प्रतिक्रिया जनाएका छैन । तर ठाकुर निकट स्रोतका अनुसार उनी त्यस पछि आफना निकट नेताहरु संग लागातार छलफल गरिरहेका छन र भोली अनौपचारिक रुपमा बैठक नै बुुलाएका छन ।