लुुम्बिनीमा उपेन्द्र विरुद्ध उनकै पक्षका प्रदेश सासदहरु द्धारा विद्रोह – Madhesh Update

लुुम्बिनीमा उपेन्द्र विरुद्ध उनकै पक्षका प्रदेश सासदहरु द्धारा विद्रोह

   April 21, 2021  

गत सोमवार लुम्बिनी प्रदेशका मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउनमा जसपाका पाच सासंदहरुको पनि हस्ताक्षर संग्लान गराइयो । जसपाको विना कुनै अधिकारिक निर्णय जसपाका केीन्द्रय एक जना अध्यक्ष उपेन्द्र यादवले आफना प्रतिनिधी न वुटवल पठाएर काग्रेस माओवादी गठवन्धनमा हस्ताक्षर गराउन जोडवल गरिरहे । तर मुख्यमन्त्रीको विरुद्धमा अविश्वास प्रस्ताव दर्ता भएको केहि घन्टा पनि नबित्दै जसपाका चार जना सासंसदहरुले प्रदेश सरकारमा मन्त्रीको सपथ लिए पछि स्वयम जसपा भित्र खैलावैला मच्यो । केन्द्रिय अध्यक्ष उपेन्द्र यादवले यीनीहरु कारवाही गर्ने चेतावनी दिए । उनी निकट पुर्व समाजवादीका नेता सहरराय यादव ले विज्ञप्ती निकालेर कारवाही गर्ने २४ घन्टे स्पष्टिकरण सोधिएको जनाए ।

तर रोचक के छ भने प्रदेश सरकारमा मन्त्री भएका चार जसपाका नेताहरु मध्ये तीन जना उपेन्द्र यादव नेतृत्वको तात्कालिन समाजवादी पार्टीका सासद छन । लुम्बिनी प्रदेशमा जसपाका ६ जना सासंद थिए । जस मध्ये ५ जना पुर्वसमाजवादी र १ जना पुर्व राजपा पक्षका हुन । पार्टी एकिकरण भए पछि उनीहरु ६ जना जसपाका सासहरुपमा संगै भएका हुन ।

स्रोतका अनुसार लुम्बिनीमा ६ जना मध्ये ५ जना अहिले एक तर्फ र एक जना अर्को तर्फ गरि दुुई पक्षमा वाडिएका छन । सरकारको पक्षमा उभिएका ५ जनालाई जसपाका केन्द्रिय अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोको साथ छ भने विरोधमा रहेका एक जनालाई उपेन्द्र यादवको साथ रहेको छ ।

जसपा भित्रियाहरुहरुका अनुसार कर्णाली प्रदेशमा पार्टी भित्र विना कुनै छलफल र सल्लाह आफना निकट प्रदेश सासंदलाई माओवादी काग्रेस पक्षमा मत खसाउन लगाए पछि उपेन्द्र यादवलाई त्यसको जवाफ स्वरुप ठाकुर र महतोले लुुम्बिनीमा त्यसको जवाफ दिएका छन । जसपाले अहिले सम्म सता समिकरणको सन्दर्भमा कुनै पनि निर्णय गरेको छैन । प्रतिनिधीस्भा पुर्नस्थापना पछि बसेको जसपाको संसदीय दलको बैठकले सबै दलहरुसग आफनो एजेन्डा सम्बोधनका लागी छलफल गर्ने निर्णय गरेको थियो ।