जसपाका शिर्ष नेता र प्रधानमन्त्री विचमा पुन छलफल

सोमवार लुम्बिनी प्रदेशमा जसपाका चार सासद मन्त्री भएको भोली पल्ट आज प्रधानमन्त्री केपी ओली र जसपाका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो विचमा छलफल भएको छ । छलफलमा कार्यदलका सदस्यहरु लक्ष्मणलाल कर्ण र सवेन्द्रनाथ सुक्ला पनि सहभागी भएका थिए । प्रधानमन्त्रीको तर्फवाट पनि कार्यदलमा रहेका सुुभाष नेम्बाड, विष्णु पौडेल र राजन भटराई छलफलमा सहभागी भएका थिए । गत शुक्रवार पनि जसपाका शिर्ष नेताहरु र प्रधानमन्त्रीको विचमा छलफल भएको थियो । प्रधानमन्त्रीले उक्त छलफलमा हिजो सम्ममै जसपाले सिफारिश गरेका मुद्धाहरु फिर्ता गरिदने आश्वासन दिएका थिए ।
मगलवार प्रधानमन्त्री निवास पुुगेका जुपाका नेताहरु ले त्यस वारेमा प्रधानमन्त्री संग जिज्ञासा राखेका थिए । नेताहरुका अनुसार प्रधानमन्त्रीले यो हप्ता भित्र मुद्धा फिर्ताको आश्वासन दिएका छन । मुद्धा फिर्ता, राजबन्दी रिहाईको पहल, लाल आयोग प्रतिवेदन सार्वजनिक र संविधान संशोधनका लागी संविधान पुर्नमार्जित समिति बनाउने गरी जसपा र प्रधानमन्त्रीको विचमा सहमती बनेको नेताहरुले बताएका छन । यद्यपी सहमती बने पनि जसपा तत्कालै सरकारमा जाने वा नजाने वारेमा प्रष्ट भइसकेको छैन । जसपाका नेताहरुले आफुहरुको माग यो सम्बोधन भए पछि मात्रै सरकारमा सहभागीता वारेमा सोच्ने वताउदै आएका छन ।
यही प्रधानमन्त्रीको नेतृत्वमा तीन बर्ष अगाडी जसपाकै अर्का अध्यक्ष उपेन्द्र यादव दुुई बुदे सहमती गरेर सहभागी भएका थिए । तर उक्त दुुई वुदे कार्यन्वयन भएका थिएन ।