लुम्बिनी प्रदेश सरकारमा जसपा नेपाल – Madhesh Update

लुम्बिनी प्रदेश सरकारमा जसपा नेपाल

   April 19, 2021  

लुम्बिनी प्रदेशमा माओवादी मन्त्रीहरु राजीनामा दिएको केही घण्टाभित्र नै जसपामा ४ जना सांसदहरुले मन्त्री पद पाएका छन् । अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका तीनसहित जसपाका चार सांसदलाई थपेर मुख्यमन्त्री शंकर पोखरेलले आज मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

प्रदेश प्रमुख धर्मनाथ यादवले नवनियुक्त मन्त्रीहरू विजय यादव, सन्तोष पाण्डे, कल्पना पाण्डे र सुमन रायमाझीलाई सपथ अहिले गराएका छन् । एक राज्यमन्त्रीसहित ४ जना मन्त्री पद पाएपछि जसपा शंकर पोखरेलको नेतृत्वमा सरकारमा गएको छ ।

आज नियुक्त भएका मन्त्रीहरूमा सामाजिक विकास मन्त्रालयको जिम्मा कल्पना पाण्डेय, कृषि मन्त्रालयको जिम्मा विजयबहादुर यादव, शिक्षा तथा सामाजिक विकास मन्त्री भूमि व्यवस्था, पूर्वाधारमा सन्तोष पाण्डे छन् रहेका छन् । सुमन शर्मा रायमाझी भौतिक पूर्वाधार राज्यमन्त्री बनेका छन् ।

मन्त्रीहरुलाई प्रदेश प्रमुख धर्मनाथ यादवले सपथग्रहण गराएका थिए भने राज्यमन्त्री रायमाझीलाई मुख्यमन्त्री शंकर पोखरेले सपथ खुवाएका थिए ।