जानकी मन्दिरलाई विश्व सम्पदा सुचिमा राख्न जसपा वरिष्ठ नेता महतोको माग

जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले जनकपुरमा रहेको हिन्दुुहरु प्रसिद्ध जानकी मन्दिरलाई विश्व सम्पदा सुचिमा राख्न सबै पक्षहरु संग आग्रह गरेका छन । महतोले विश्व सम्पदा दिवसको उपल्यक्ष्यमा एक वकतव्य जारी गर्दै विश्वभरका हिन्दुरभरका धर्मालम्बीहरुको आस्थाको केन्द्र र बनौटको हिसावले विश्वमै उत्कृष्ट नमुुना रहेका जानकी मन्दिरलाई विश्व सम्पदा सुचिमा राख्नु पर्ने र त्यसका लागी सरकारले पहल लिनुपर्नेमा जोड दिएका छन ।
१ अक्टोबर २०१४ बाट जानकी मन्दिरलाई विश्व सम्पदा स्थलका रुपमा सूचीकृत गराउने अभियान शुरु भएको भए पनि अहिले सम्म त्यो मुर्त रुप लिन सकेको छैन ।
युनेस्को, स्थानीय सरकार, नेपाल सरकार, जानकी मन्दिर लगायत जिम्मेवार नियकायहरुलाई निरन्तर घच्घचाउने काम जारी राख्नुपर्नेमा महतोले जोड दिएका छन ।
जनकपुरधाम उप-महानगरपालिकाले प्रथम नगर सभामार्फत जानकी मन्दिरलाई विश्व सम्पदा स्थलको रुपमा सुचीकृत गराउने कार्यको अपनत्व लिएको थियो । पहिलो बाषिर्क नीति तथा कार्यक्रममा यसलाई समेट्दै नगर प्रमुख लाल किशोर साहले युनेस्को तथा पुरातत्व विभागमा छलफल समेत गरेका थिए । नगरपालिकाले जानकी मन्दिर विश्व सम्पदा सूचीमा सूचीकृत नभएसम्म यसको नेतृत्व लिएर काम गर्ने उदषोस गरेका थिए ।
अठारौं शताब्दीमा निर्मित कला, संस्कृति, आर्किटेक्चर, इतिहास, र अध्यात्मको अद्वितीय संगमका रुपमा जानकी मन्दिर छ । सन् २००८ मा नेपाल सरकारको पुरातत्व विभागले जानकी मन्दिरलाई युनेस्कोमा ‘टेन्टेटिभ लिस्ट’ मा दर्ता गराएको थिए ।
त्यस पछि विश्व सम्पदा सुचिमा राख्न्का लागी विभिन्न संघसंस्थाहरुले नेपालको ७७ वटै जिल्ला साथै नेपाली नागरिक तथा भारत, बांगलादेश, कतार, अमेरिका, बेलायत, दुबई, पाकिस्तान, श्रीलंका, कोरिया, फ्रान्सलगायत विभिन्न देशका नागरिकले हस्ताक्षर संकलन गरेका थिए । हस्ताक्षर सञ्चालन अभियानले ५५ हजारभन्दा बढी मानिसको हस्ताक्षर नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पुरातत्व विभागलाई ०७२ भदौ ४ मा हस्तान्तरण गरेका थिए ।