महान्याधिवक्तासंग छलफल गरे जसपा-सरकारको संयुक्त कार्यदल

विहिवार विहान प्रधानमन्त्री र जसपा अध्यक्षको विचमा छलफल भए पछि साझ दुवै पक्षको संयुक्त ५ सदस्यीय कार्यदलले महान्याधिवक्तासंग छलफल गरेका छन । प्रधानमन्त्री र जसपा अध्यक्ष विचको बैठकमा कार्यदलले पनि विफ्रिग गरेका थिए ।
मुख्यरुपमा अहिले जसपाले मुद्धा फिर्ताका लागी गृहमन्त्रालयमा बुुझाएको कागजातहरुको वारेमा साझ सरकारका महान्याधिवक्तासंग छलफल भएको हो ।
जसपासंगको संवाद अगाडी वढे पछि क्याविनेटले मुद्धा फिर्ता सम्बन्धमा नयां निर्देशिका ल्याएका थिए । नयां निर्देशिका ल्याए पछि जसपाले मधेश तथा थरुहट आन्दोलनताका २ सय ८ जनाको मुद्धा फिर्ताको कागजातहरु गृहमन्त्रालयमा बुुझाएका थिए । त्यस पछि अव महान्याविक्ताको कार्यलयले सिफारिस गरेमा क्याविनेटले उक्त मुद्धाहरु फिर्ता गर्ने छ । क्याविनेटमा मुद्धा फिर्ताको फाईल जानुअघि महान्याधिवक्ताले विहिवार जसपा र सरकारले गठन गरेको पाच सदस्यीय कार्यदलसग त्यसवारेमा छलफल गरेका छन ।
जसपाले प्रधानमन्त्रीसगको संवादमा मुद्धा फिर्ता, रेशम चौधरी सहित अन्य बन्दीहरु रिहाई र संविधान संशोधनको माग उठाउदै आएका छन । प्रधानमन्त्री सता समिकरणमा जसपा निर्णयक देखिए पछि उनीहरुले उठाएको मुद्धा सम्बोधन गर्न तयार भएको थियो र त्यस पछि संयुक्त कार्यदल गठन गरेर कामहरु अगाडी वढाएका थिए ।
कार्यदल सदस्यहरुका अनुसार जसपाले उठाएको तीन ओटै मागहरु सम्बोधन हुने गरि कामहरु अगाडी वढेका छन ।