जसपा वरिष्ठ नेता राजेन्द्र महतो आफनो निर्वाचन क्षेत्रको विकास निर्माण निरक्षण गर्दै – Madhesh Update

जसपा वरिष्ठ नेता राजेन्द्र महतो आफनो निर्वाचन क्षेत्रको विकास निर्माण निरक्षण गर्दै

   April 15, 2021  

जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो विहिवार आफनो निर्वाचन क्षेत्र धनुुषाको क्षेत्र नम्बर ३ मा भइरहेको विकास निर्माण कार्यवारेमा जानकारी लिएका छन । जनकपुर सहितको धनुुषाको दक्षिणाी गाउहरु रहेको निर्वाचन क्षेत्र नम्बर तीनमा बर्षै देखि अलपत्र रहेको मनियारी सिचाई आयोजना उनको अगुवाईमा गत मंसीरमा शिल्यानाश गरिएको थियो ।

नगराईन नरगपालिका लागी महत्वपुर्ण रहेको यो सिचाई आयोजना निर्धारित समय भन्दा अगावै सम्पन्न हुने भएको छ । महतोले विहिवार निरिक्षण गर्दै भइरहेको कामको वारेमा जानकारी लिएका छन । यसका साथै अन्य विकास निर्माणका आयोजनाहरुमा भइरहेको कामको वारेमा पनि महतो जानकारी लिएका छन ।

महतोकै अगुवाईमा दशकै देखि अलपत्र दुुर्गानन्द झाको नाउको अस्पतालको काम त्यस क्षेत्रमा अगाडी वढेको छ भने केहि समय अघि डा लक्ष्मीनारायण झाको स्मृतिको समुुदायीक भवन निर्माण गरिएको थियो ।