मधेश आन्द्योलनका सहिद परिवारहरु द्धारा जनकपुरमा विरोध प्रर्दशन – Madhesh Update

मधेश आन्द्योलनका सहिद परिवारहरु द्धारा जनकपुरमा विरोध प्रर्दशन

   April 13, 2021  

मधेश आन्दोलनको क्रममा शहादत प्राप्त गरेका शहिदहरुलाई प्रदेश दुुई सरकारले अवहेलना गरेको भन्दै शहिद परिवारहरुले विरोध जनाएको छ ।

शहिदपरिवार तथा घाइते हकहित संघर्ष समितिले विगतमा प्रदेश नं २ सरकारलाई वुझाइएको ज्ञापनपत्र अनुसारको मागहरु पुुरा गराउनका लागि विरोध तथा धर्ना कार्यक्रमको अयोजना गर्दै विरोध जनाएको हो ।

शदिहरुको शहादतबाट वनेको प्रदेश सरकारले शहिद परिवारलाई गरेको प्रतिवद्धता पुरा नगरेको भन्दै प्रदेश सरकारले जुरशितल पर्वको उपलक्ष्यमा आयोजना गरेको कार्यक्रमस्थलमानै मंगलवार विरोध जनाएको छ ।

शहिद परिवारलाई योग्यता र क्षमताको आधारमा स्थायी रोजगारको व्यवस्थापन गर,मधेश आन्दोलनमा शहादत प्राप्त गरेका घोषणा हुन बाकि रहेकालाई शहिद घोषणा गर लगायतका प्लेकार्ड बोकेर कार्यक्रमस्थलको अगाडी नै विरोध जनाएका छन । कार्यक्रममा विरोध समितिका अगुवा रामनरेश रायले विगतमा प्रदेश सरकारले गरेको प्रतिवद्धता अहिले सम्म पुरा नगरेकोले मजवुरभएर आन्दोलन गर्नुपरेको दुखेसो पोखे ।

उनले एक शहिद एक घरपरिवारलाई स्थायि नियुक्ति दिने प्रतिवद्धतालाई प्रदेश सरकारले यथासिघ्र पुरा गर्नुपर्ने माग गरे ।
प्रदेश दुुई सरकारले दुुई दर्जन भन्द्या वढी सहिद परिवारलाई जागीर दिएको दावी गरेका छन भने वाकी अन्य परिवारका लागी पनि त्यस्तो व्यवस्था मिलाउन लागेको जनाएको छ ।