उपेन्द्र यादव र बाबुराम भटराईले भेटे काग्रेस सभापति देउवा – Madhesh Update

उपेन्द्र यादव र बाबुराम भटराईले भेटे काग्रेस सभापति देउवा

   April 13, 2021  

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव तथा वरिष्ठ नेता बाबुराम भटराई मंगलवार काग्रेस सभापति शेरबहादुर देउवासंग भेटेका छन । यादव र भटराई मंगलवार दिउसो काग्रेस सभापति देउवासंग भेटन उनको निवास पुुगेका थिए । काग्रेस सभापति देउवाका स्वकिए सचिव भानु देउवाका अनुसार तीनै नेताहरुको विचमा एक घन्टा भन्दा वढी सम्म छलफल चलेको थियो ।

सोमवार र आइतवार मात्रै जसपा नेपालले पार्टीको पदाधिकारी बैठक गरेर पछिल्लो राजनितीक अवस्थावारेमा छलफल गरेका थिए । यद्यपी जसपाले के ठोस निष्कर्ष निकाल्यो भने अहिले सम्म खुली सकेको छैन । जसपामा नयां सता समिकरणलाई लिएर दुुई धार देखिएको छ । नेताद्धण् महन्थ ठाकुर र राजेन्द्र महतो एजेन्डा सम्बोधन गर्ने संग मिलेर जाने बताइरहेका छन भने यादव र भटराई वर्तमान प्रम केपी ओलीलाई तत्काल हटाउन काग्रेस र माओवादीसंग मिलेर जानु पर्ने बताइरहेका छन ।

गत शुक्रवार मात्रै काग्रेस सभापति देउवाले जसपा र माओवादी केन्द्रका नेताहरुलाई बोलाएर आफनो नेतृत्वमा सता समिकरणको प्रस्ताव गरेका थिए । माओवादी केन्द्रले तत्काल काग्रेस सभापति देउवालाई समर्थन गरेका थिए भने जसपाले पार्टीमा छलफल गरेर पछि आफनो निर्णइ दिने बताएका थिए ।

आज काग्रेस सभापति देउवालाई भेटन गएका जसपा नेताद्धय यादव र भटराई के कुरा गरे भन्ने खुल्न सकेको छैन ।