माग पुरा गर्ने संग उभिने – जसपा नेताद्धय ठाकुर र महतो – Madhesh Update

माग पुरा गर्ने संग उभिने – जसपा नेताद्धय ठाकुर र महतो

   April 13, 2021  

जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले सता समिकरणमा आफुहरु एजेन्डासंग धोका नदिने बताएका छन । मंगलवार जनकपुरमा आयोजित एक कार्यक्रममा नेताद्धयले आफुहरु माग सम्बोधनलाई वटन लाईन बनाएका कारण जसले माग सम्बोधन गर्छ, त्यसलाई आफुहरु समर्थन गर्ने उल्लेख गरे ।

काठमाडौमा नयां सता समिकरणको चर्चा तीव्र चलीरुहेको वेला जसपाका नेताद्धयले आफनो पोजिसन वारेमा यसरी प्रष्ट पारेका छन । पछिल्लो दुुई दिन सम्म पार्टीको पदाधिकारी बैठक लागतार गरेका नेताद्धय सहित जसपाका अन्य नेताहरु पनि मंगलवार जनकपुरमा एउटै मन्चमा देखिएका छन । यद्यपी कार्यक्रममा उपेन्द्र यादव निकटका नेताहरु सहभागी भएका थिए ।

कार्यक्रम प्रदेश दुुईका भौतिकमन्त्री जितेन्द्र सोनलले नया बर्षको उपलक्ष्यमा शुुभकामना आदानप्रदान राखेका थिए ।

कार्यक्रममा नेता ठाकुरले नयाँ सरकार गठनको हलो जसपाले नभई कांग्रेसले नै अडकाएको आरोप समेत लगाए । अध्यक्ष ठाकुरले जसपाले हलो अडकाएको हो भने कांग्रेस नेतृत्व गरेर अगाडि बढन कस्ले रोेकेको छ ? तर्क गरेका छन् । जसपाको मांगहरु सम्बोधन गर्ने शक्तिहरुसंग अव नगदमा मात्र सम्झौता हुने उनको दावी छ । वरिष्ठ नेता राजेन्द्र महतोले जसपाको मांग नगदमा सम्बोधन गर्ने शक्तिनै नजिक रहने र उनैसंग सम्झौता हुने बताए ।

कार्यक्रममा अर्का नेताहरु सरद सिंह भण्डारी र अनिल झाले कांग्रेस, एमाले र माओवादीले देशलाई निकास दिन नसकेको बताउदै बैकल्पिक शक्तिको रुपमा रहेको जसपा नेपालकै नेतृत्वमा सरकार गठनको प्रयास गरिने बताए । नेताहरुले जसपाको पहिलो बटमलाईन मांग र मुद्दा रहेको र वातावरण बनेको खण्डमा सत्ता समिकरणमा जानुपर्ने अवस्था आए आफनै नेतृत्वमा सरकार गठनको प्रयास थालिने बताए ।