जसपाका शिर्ष नेताहरु सोमवार पनि आन्तरिक छलफलमा

जनता समाजवादी पार्टीका शिर्ष नेताहरु सोमवार पनि अनौपचारिक बैठक गरेका छन । आइतवार पनि अनौपचारिक रुपमा बैठक गरेका जसपाका शिर्ष पाच नेताहरु सोमवार दिउसो पुन पार्टी कार्यलयमा बसेका थिए । केहि समय यता जसपामा दुुई धार रहेको सन्देश प्रवाह भइरह्दा पछिल्लो केहि दिन यता जसपाका शिर्ष पाच नेता लागातार बैठक गर्न थालेका छन ।
आइतवार र सोमवार अनौपचारिक पदाधिकारी बैठक गरेका जसपाका शिर्ष पाच नेताहरुले पार्टीको वाकी समायोजनको काम र राष्टिय राजनितीको पछिल्लो अवस्था वारेमा छलफल गरेका हुन ।
सतारुढ नेकपा दुुई खेमा विभाजित भए पछि नर्या सता समिकरणमा जसपा निर्णायक बन्न पुुगेकाले सबैको नजर जसपाको निर्णयमा केन्द्रित हुन पुुगेका छन । जसपाले भने आफनो एजेन्डा सम्बोधनलाई वटम लाईन बनाएको छ ।
माअेवादी केन्द्र र काग्रेसलाइ जसपाले समर्थन दिएमा अहिलेको सरकार विस्थापित हुने भएकाले यी घटक जसपासंग सता समिकरणको प्रयास गरिरहेका छन । यद्यपी वर्तमान प्रम केपी ओलीलाई पनि जसपाले समर्थन दिएमा उनको पनि बहुमत पुुग्ने भएकाले उनले पनि जसपासंग लागातार संवाद गरिरहेको छ । जसपाले उठाएको मुद्धाहरु सम्बोधन गर्नै आश्वासन दिएका प्रम ओलीले जुपाकै सिफारिशमा मधेश तथा थरुहट आन्दोलनताका मुद्धाहरु फिर्ता लिने प्रक्रिया पनि अगाडी वढाएका छन ।