कोरोना त्रासले तराई-मधेशमा घर फर्कने बढे – Madhesh Update

कोरोना त्रासले तराई-मधेशमा घर फर्कने बढे

   April 12, 2021  

छिमेकी मुलुक भारतमा कोरोना संक्रमण तीव्ररुपमा बढेसँगै नेपाल फर्किनेहरुको संख्या बढेको छ । भारतमा कोरोनाको पुन उच्चदरमा बढ्न थालेपछि रौतहट घर भइ भारतको विभिन्न स्थानमा बस्दै आएकाहरु फर्कन थालेका छन ।

रौतहटको सीमाक्षेत्र हुँदै पछिल्ला दिनमा दैनिक सयौंको संख्यामा मानिस नेपाल आउने गरेका छन् । रोजगारीको सिलसिलामा भारत सहरमा गएका नेपाली कोरोना संक्रमण बढेसँगै घर फर्कन थालेका हुन् ।

लकडाउनमा विदेश बस्नुभन्दा स्वेद फर्कनु सुरक्षित भएपछि सीमा क्षेत्रमा भिड बढेको रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए। रौतहटको गौर र बंकुल नाकाबाट मात्रै नेपाल प्रवेश गर्न दिने व्यवस्था मिलाएको प्रजिअ यादवको भनाइ छ ।

जिल्लास्तरीय कोभिड संकट व्यवस्थापन केन्द्रको निर्णयले सिमानामा चेकजाँच, अभिलेखिकरण र परीक्षण गर्ने समेत व्यवस्था मिलाएको छ । जिल्ला अस्पताल गौरमा रहेको पीसीआर ल्याब संचालनमा रहेको तथा १८ वटै पालिकालाई क्वारेन्टाइन व्यवस्था गर्न पत्राचार गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । नेपालमा पनि पछिल्ले एक हप्ता यता लागातार कोराना संक्रमण पुन वढन थालेका छन ।