उपेन्द्र यादवले किन गरे छुटै गुपचुप रुपमा पार्टी प्रशिक्षण कार्यक्रम – Madhesh Update

उपेन्द्र यादवले किन गरे छुटै गुपचुप रुपमा पार्टी प्रशिक्षण कार्यक्रम

   April 11, 2021  

पछिल्लो राजनितीलाई लिएर दुुई धारमा विभाजित जस्तो देखिएको जसपाका नेताहरुको अवस्था विच एक जना अध्यक्ष उपेन्द्र यादवले धनुुषाको हारसरमा गुपचुप रुपमा पार्टी प्रशिक्षण कार्यक्रम गरेका छन । प्रदेश दुुईको आठ ओटै जिल्लावाट आफना निकट ८/८ स्थानिय नेताहरुलाई वोलाएर यादवले चार दिन सम्म प्रशिक्षण दिएका छन । जसपा नेपाल बनेको एक बर्ष वित्नै लाग्दा यादवले आफना पक्षका नेताहरुलाई मात्रै बोलाएर चार दिने प्रशिक्षण कार्यक्रम गरेका छन ।

धनुुषाको हारसरमा गत २२ देखि २६ गते सम्म यादवकै प्रमुख प्रशिक्षणमा भएको चार दिने कार्यक्रमममा अन्य प्रशिक्षण दिनेहरुमा डम्बर खतिवडा र हेमराज राई रहेका थिए । कार्यक्रमका् उद्धघाटन सत्रमा प्रदेश दुुईका मुख्यमन्त्री लालबाबु राउत सहित पुर्व समाजवादी वाट प्रदेश सरकारमा रहेका अन्य मन्त्रीहरु पनि सहभागी थिए ।

केहि समय पहिला यादवले पुर्व समाजवादीको युवा संगठनको व्यानरमा केहि कार्यक्रमहरु गर्दा जसपा भित्र त्यसलाई लिएर विवाद चर्किएको थियो । वाहिर चर्चा नगरिकन र संचारमाध्यमलाई समेत थाहा नदिईकन यादवले गुपचुप रुपमा धनुुषाको एउटा गाउमा यो पटक चार दिने प्रशिक्षण चलाएका छन ।

यादवले केहि समय अघि मात्रै पुर्वराजपा पक्षले पार्टीमा गुटबन्दी गरेको आरोप लगाएका थिए र पार्टी फुटन सक्ने सम्भावना औल्याएका थिए ।

यद्यपी संसदीय दल र कार्यकारणी समितिमा यादव अल्पमतमा छन । उनको धनुुषाको हारसारमा भएको प्रशिक्षण कार्यक्रममा सहभागी एक नेताका अनुसार यादवले त्याहा पार्टी फुटन सक्ने सम्भावना औल्याएका थिए र त्यसका लागी आफुु स्वयंम प्रशिक्षणमा उत्रिएको बताएका थिए ।