रौतहटमा २ वडा अध्यक्षमा कोरोना संक्रमण – Madhesh Update

रौतहटमा २ वडा अध्यक्षमा कोरोना संक्रमण

   June 27, 2020  

रौतहटको एउटा नगरपालिकाका २ जना वडा अध्यक्ष सहित १४ जना कर्मचारीमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ । बौधीमाई नगरपालिकाका २ जना वडा अध्यक्ष र कर्मचारी गरी १४ जनामा कोरोना भाईरस संक्रमणको पुष्टि भएको हो ।

नगर स्वास्थ सहसंयोजक राकेश कुमार यादवका अनुसार शनिवार आएको रिपोर्टमा २ जना वडा अध्यक्ष, केही कार्यपालिका सदस्य र केही कर्मचारीगरी १४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

जिल्ला प्रशासन कार्यालय रौतहटले शनिवार सार्वजनिक गरेको तथ्यांकमा २३ जनामा थप कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यसका साथै रौतहटमा कोरोना संक्रमितको संख्या ११ सय ३८ पुगेको छ ।

कोरोना जितेर घर फर्किनेको संख्या ७ सय ६५ पुगेको जिल्ला प्रशासन कार्यालयको तथ्यांकमा उल्लेख छ ।