पुर्वराजपा कार्यदलद्धारा ८ जिल्लाको समायोजनलाई मात्रै मान्यता – Madhesh Update

पुर्वराजपा कार्यदलद्धारा ८ जिल्लाको समायोजनलाई मात्रै मान्यता

   April 11, 2021  

५ चैतमा जनता समाजवादी पार्टी नेपालको केन्द्रिय कार्यकारणी समिति बैठक स्थगीत गरेर पुर्वराजपाले छुटै बोलाएको बैठकले ६ सदस्यीय कार्यदल गठन गरेको थियो । जितेन्द्र सोनल, मनिष सुमन, केशव झा, सुनिल रोहित, रमेश यादव र संजय यादव सम्मीलित ६सदस्यीय कार्यदललाई होली सम्ममा पुर्व राजपाको तर्फवाट समायोजनका लागी गर्नु पर्ने सम्पुर्ण काम गर्ने जिम्मा दिइएको थियो ।

होली वितेको झण्डै पन्ध्र दिन वित्नै लाग्दा पनि उक्त कार्यदलले के कति काम गर्यो भन्ने त्यसको ठोस जवाफ कसैसंग छैन । यद्यपी कार्यदलको पहिलो बैठकले पुर्वराजपाको समायोजनको एउटा सुत्र बनाउदै विवाद नरहेका ८ ओटा जिल्लामा भएको समायोजनलाई स्विकार गर्ने निर्णय गरेको थियो ।

मधेश अपडेटलाई प्राप्त उक्त निर्णयमा झापा, चितवन, नवलपरासी, रुपन्देही, कपिलवस्तुु, दागं, बर्दीया र कन्चनपुर जिल्लमा स्थानिय पुर्वराजपाले गरेको समायोजनलाई स्विकार गर्ने र अन्य सबै जिल्लामा कार्यदलले बनाएको नर्या कार्यविद्यी अनुसार संगठनहरु बनाउने निर्णय भएको छ ।

कार्यदलले बनाएको नयां कार्यविद्यी अनुसार दोस्रो संविधानसभामा तात्कालिन राजपाका ६घटकले ल्याएको मतका आधारमा संगठनहरु समायोजन गर्न लागीएको छ । जसपा समायोजनमा पनि यही कार्यविद्यी लागुगरिएको थियो ।

तात्तकालिन मधेशी मोर्चामा आबद्ध ६ पार्टीले पछिल्लो निर्वाचन अघि एकिकरण गर्दै राजपा नेपाल गठन गरेका थिए । गत बर्ष राजपा र समाजवादी पार्टीको विचमा एकिकरण भएर जनता समाजवादी पार्टी नेपाल बनेको थियो । राजपाकै समायोजन नभएकाले जसपामा समाजवादीसंगको समायोजनमा समस्या सिर्जना भए पछि पुर्वराजपाले कार्यदल नै बनाएर आफनो पुर्व संगठनलाई समायोजन गर्न लागेका छन ।