आन्तरिक छलफलमा जसपा – Madhesh Update

आन्तरिक छलफलमा जसपा

   April 11, 2021  

जनता समाजवादी पार्टीका शिर्ष पाच नेता नेताको बैठक आइतवार देखि सुरु भएको छ । आइतवार दुुई वजे देखि पार्टी कार्यलय वालकुमारीमा बसेको बैठकमा पार्टीको आन्तरिक समायोजन र परिवर्तीत राजनितिक घटनाक्रम वारेमा छलफल सुुरु भएको नेताहरुले बताएका छन । बैठक सोमवार पुन बस्ने बताइएका छ ।

गत ५ गते बोलाइएको जसपाको कार्यकारणी समिति बैठकमा अन्तिम समयमा आएर तयारी नपुुगेको भन्दै स्थगीत गरिएको थियो । त्यस पछि होली पश्चात बैठक गर्ने बताएको जसपाले कार्यकारणी समिति बैठक बोलाउन सकेका छैन ।

आइतवार देखि सुरु भएको जसपाको शिर्ष पाच नेताहरुरुको पदाधिकारी बैठकमा कार्यकारणी समिति बैठक आगाडी गर्नु पर्ने कामहरु र सरकार सहित विभिन्न प्रमुख दलहरु संग् पछिल्लो समयमा भइहेको संवाद वारेमा छलफल सुुरु भएको छ । बैठक पछि जसपाका अध्यक्ष उपेन्द्र यादवले संचारकर्मीहरुसंग प्रतिक्रिया दिदै बैठक लागातार तीन/चार दिन सम्म चल्ने बताएका छन ।

पार्टी एकिकरणको एक साल पुुग्नै लाग्दा जसपाले समायोजनको काम समेत पुर्णरुपमा गर्न सकेको छैन ।
यस अघि गत शुक्रवार पनि काग्रेसले बोलाएको तीन दलको बैठक अगाडी जसपाले अनौपचारिक पदाधिकारी बैठक गरेका थिए ।